२७ असोज २०८२
काठमाडौं - जेनजी प्रतिनिधिहरुले राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भनिएको छलफल अनिश्चित भएको छ।
शनिबारको वार्ताको बिचैमा राष्ट्रपति पौडेल विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र छलफल गरेका थिए। त्यसपछि आज छलफल तय भएको थियो।
तर, जेनजी युवाहरुबीच नै कसले नेतृत्व गर्ने भन्ने विषयको विवाद नटुुंपगिएकाले वार्ता अनिश्चित बनेको हो।
थरिथरी जेनजीका कारण सरकार र राष्ट्रपति हैरान भएका छन्। शनिबार पनि १७ जना सहभागी हुने भनिएकामा २० जना सहभागी भएका थिए। तर, केही युवाहरुले वार्तामा बसेका सबै अमेरिकी युथ काउन्सिलसँग जोडिएका पात्र भएकाले आफूहरु असली जनेजी भएको दाबीसहित नाराबाजी गरेका थिए।
त्यसयता सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद भएको छ।
तीनपटक सूची निकालिँदा समेत सबै पक्षको सहमति नहुँदा मन्त्री नियक्ति प्रकृया समेत अन्योलमा परेको छ। हिजो मात्र केही मन्त्रीहरुको सूची नै सार्वजनिक गरिँदा मिराज ढुुंगाना लगायत युवाहरुले विरोध जनाएका छन्।
प्रधानमन्त्रीको टेबलमा दर्जनौँ नाम पुगे पनि साझा व्यक्ति नपठाउँदा नियुक्तिमा समस्या भइरहेको छ। यही बीच सहजीकरणका लागि राखिएको बैठक समेत बस्न नसकेको हो।
जेनजी प्रतिनिधि रक्षा बमले अहिलेसम्म छलफलका लागि कुनैपनि खबर नआएको बताइन्। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार जेनजीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया