०९ असोज २०८२
काठमाडौं - नेसपा नयाँ शक्तिका अध्यक्ष डा। बाबुराम भट्टराईले नातिनातिना पुस्तालाई अवसर दिनुपर्ने भएकाले आफूले अध्यक्ष पद त्याग गरेको बताएका छन्।
केन्द्रीय समिति बैठकमा अध्यक्ष पद त्याग घोषणा गरेपछि आज पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनले अब केही दशक देशलाई नेतृत्व गर्न नयाँ पुस्ता ल्याएको बताए।
उनले भने, ‘हामीले नयाँ पुस्तालाई अब अवसर दिनुपर्छ। पुराना दलहरू कि रूपान्तरण भएर कि सच्चिनुपर्छ कि सच्चिनुपर्छ। त्यसैले अब वैकल्पिक शक्तिहरूले पनि आफ्नो समूह र पार्टीहरू छन्, सबैले नयाँ पुस्तालाई अघि सार्नुपर्छ भनेर मैले पद त्याग गरेको छ। म अभियान र आन्दोलनबाट अलग भएको होइन।’
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म देशले स्थायित्व नपाउने बताए।
उनले थपे, ‘नयाँ शक्ति अभियान एउटा, अर्को विवेकशील साझा छ। अर्को स्वतन्त्रको रूपमा आएको छ, बालेन, हर्कलगायतले स्वतन्त्र अभियान चलाइराख्नुभएको छ। अहिले जेनजी नयाँ पुस्ताको रूपमा आएको छ। स्वतन्त्र ठुलो शक्ति छ। त्यसैले यी सबै शक्तिलाई अघि ल्याउन हाम्रो पुस्ताले मार्ग प्रशस्त गर्नुपर्छ।’
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया