१७ पुस २०८२
काठमाडौं - सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माणको पाँचौंपटक थपिएको म्याद सकिएको छ ।
सहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग पाचौं पटक गरेको म्याद थप अनुसार, आजसम्मका निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने थियो । तर, अझै काम पूरा भएको छैन ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, ‘संसद् भवन निर्माण भएर हस्तान्तरण हुन आएको छैन् । कति काम भयो भन्नेबारे पछिल्लो जानकारी अपडेट भएर आएको छैन ।’
भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले पाएको थियो । जससले ८ साउन २०८२ मा ६ महिनाभित्र अर्थात् आजसम्म काम सक्ने गरी पाचौं पटक म्याद थप गराएको थियो ।
गत असार १२ मा शहरी विकास मन्त्रालयले ठेकेदार कम्पनीसँग पाँचौं पटक म्याद थपको सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार संसद् भवन निर्माणको म्याद ठेकेदारलाई आज सम्मको समय थियो ।
सुरुको सम्झौताअनुसार काम हुन सकेको भए संसद् भवनको निर्माण १६ असोज २०७९ मै सकिने थियो । २०७९ को चुनावबाट आउने प्रतिनिधिसभाको बैठक राख्ने लक्ष्यसहित १६ असोज २०७६ मा संसद् भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।
नयाँ संसद् भवनको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ असोज २०७६ मा गरेका थिए । त्यसको १६ दिनपछि ठेकेदारसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार काम नसकिएपछि पहिलो पटक ३० चैत २०७९ सम्म म्याद थपिएको थियो । फेरि पनि काम सकिएन ।
१ वैशाख २०८० बाट १९ चैत २०८० सम्म समय काम सक्ने गरी दोस्रो पटक म्याद थप भयो । फेरि पनि प्रगति भएन । २० असोज २०८० देखि १९ चैत २०८० सम्म काम सक्नेगरी तेस्रो पटक म्याद थप भयो । फेरि पनि काम नसकिएपछि चौथो पटक १८ चैत २०८१ सम्मका लागि म्याद थपिएको थियो र पाँचौं पटक गत १२ असारमा ६ महिनाका लागि म्याद थप गरिएको हो ।
पटकपटक म्याद थपेर पनि काम नसकिएको भनेर यसअघि संसद्मै कुरा उठेको थियो । संसद् भवनकै काम समयमा सकिँदैन भने कहाँको सकिन्छ भनेर तत्कालीन सांसदहरूले प्रश्न गरेका थिए । प्रश्न उठेपछि राष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानमन्त्रीलगायत जिम्मेवार व्यक्तिहरू संसद् भवन निर्माणको अवलोकन गरेका थिए ।
पछिल्लो समयमा समेत सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, सहरी विकासमन्त्री कुलमान घिसिङ लगायतले अवलोकन गरेका छन् ।
तथापि, पाँचौं पटक थपिएको समयभित्र पनि संसद् भवन निर्माणको काम सकिएको छैन ।
विशेष भवन आयोजनाका सूचना अधिकारी रञ्जन दासका अनुसार कति काम भएको छ भनेर मुल्यांकन भइरहेको छ ।
‘सम्झौताको म्याद सकियो । अहिलेसम्म के कति काम भएको छ भनेर त्यसको मुल्यांकन गर्ने काम भइराखेको छ’ दासले जानकारी दिए ।
उनका अनुसार संसद् भवन निर्माणका लागि छैठौं पटक म्याद थपका लागि निमाण व्यावसायीले निवेदन दिइसकेका छन् ।
‘निमाण व्यावसायीले म्याद थपका लागि निवेदन दिएको छ । त्यस सम्बन्धमा निर्णय विभागले गर्छ’ उनले भने ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया