२९ भदौ २०८२
काठमाडौं- जेनजी आन्दोलनमा घुसपैठ गरेकाहरुले ध्वस्त बनाएको नेपाली कांग्रेसको केन्द्रिय कार्यालय सानेपा कांग्रेसकै इन्जिनियरहरुको समूहले बनाउने गरी तयारी थालेको छ ।
नेविसंघका पूर्व अध्यक्ष समेत रहेका संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा इन्जिनियरहरुको टिमले पार्टी कार्यालयको निरिक्षण गर्दै पुर्ननिर्माणका लागि सहयोग गर्ने उद्घोष गरेको हो । इन्जिनियर समेत रहेका कांग्रेस नेता कर्णले आइतबार पार्टी कार्यालयको निरिक्षणपछि १० करोड बराबरको क्षती भएको प्रारम्भिक विवरण सार्वजनिक गरेका छन् ।
नेपालकै ठुलोमध्यको पुस्तकालय रहेको सानेपामा आगो लगाउदा ३० हजार अधिक एतिहासिक पुस्तक जलेर खरानी भएको छ। संसारभरका अनुसन्धानकर्ता आएर खोज, अनुसन्धान र अध्यन गर्ने पुस्तकालय जलेर खरानी भएको देख्दा इञ्जिनियर रंजित कर्ण भक्कानिए।
कांग्रेस मुख्यालयमा राखिएको ठूलो फ्रेमको चुच्चे नक्सामा लात्तै लात्तीले हानिएको छाप देखिदा आगो लगाउने अराजक समूह बिदेशी शक्तिबाट परिचालित भएको हुन् सक्ने अनुमान इन्जिनियर रंजित कर्णले लगाएका छन् । चुच्चे नक्सामा लात्ती हानिएको डोब देख्दा रंजित कर्ण आक्रोशित बने ।
कांग्रेस पार्टी कार्यालयमा भएको क्षति र पूनः निर्माण बारे इञ्जिनियर रंजित कर्णले भावुक बन्दै भने, कांग्रेसी कार्यकर्ताको सदस्यता शुल्कले बनाएको यो कार्यालय पूनः निर्माण गर्न देश बिदेशमा अभियान चलाउने र आफ्नै नेतृत्वमा कांग्रेस मुख्यालय को पुनरसंरचना गर्ने तयारी आजै देखि सुरु भएको बताए ।
इञ्जिनियर कर्णले जलेर खरानी भएको सिंहदरवार,संसद भवन र सर्वोच्च अदालतको क्षतिको विवरण समेत आफ्नो टिमले संकलन गरिरहेको बताएका छन्।
पवित्र उदेश्य राखेर जेनजीले गरेको आन्दोलनमा आफ्नो एक्यबद्द्ता रहेको तर घुस पैठका कारण देशमा आगो लागेको भन्दै पूनरनिर्माणमा सरकारलाई काँग्रेसले सहयोग गर्ने बताएका छन् । नेता कर्णले नव नियुक्त प्रधानमन्त्री शुसिला कार्कीले आजै भ्रष्ट्राचारको छानविन गर्न उच्चस्तरीय आयोग बनाउन सुझाव दिएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया