२९ भदौ २०८२
काठमाडौं- जेनजी आन्दोलनमा घुसपैठ गरेकाहरुले ध्वस्त बनाएको नेपाली कांग्रेसको केन्द्रिय कार्यालय सानेपा कांग्रेसकै इन्जिनियरहरुको समूहले बनाउने गरी तयारी थालेको छ ।
नेविसंघका पूर्व अध्यक्ष समेत रहेका संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा इन्जिनियरहरुको टिमले पार्टी कार्यालयको निरिक्षण गर्दै पुर्ननिर्माणका लागि सहयोग गर्ने उद्घोष गरेको हो । इन्जिनियर समेत रहेका कांग्रेस नेता कर्णले आइतबार पार्टी कार्यालयको निरिक्षणपछि १० करोड बराबरको क्षती भएको प्रारम्भिक विवरण सार्वजनिक गरेका छन् ।
नेपालकै ठुलोमध्यको पुस्तकालय रहेको सानेपामा आगो लगाउदा ३० हजार अधिक एतिहासिक पुस्तक जलेर खरानी भएको छ। संसारभरका अनुसन्धानकर्ता आएर खोज, अनुसन्धान र अध्यन गर्ने पुस्तकालय जलेर खरानी भएको देख्दा इञ्जिनियर रंजित कर्ण भक्कानिए।
कांग्रेस मुख्यालयमा राखिएको ठूलो फ्रेमको चुच्चे नक्सामा लात्तै लात्तीले हानिएको छाप देखिदा आगो लगाउने अराजक समूह बिदेशी शक्तिबाट परिचालित भएको हुन् सक्ने अनुमान इन्जिनियर रंजित कर्णले लगाएका छन् । चुच्चे नक्सामा लात्ती हानिएको डोब देख्दा रंजित कर्ण आक्रोशित बने ।
कांग्रेस पार्टी कार्यालयमा भएको क्षति र पूनः निर्माण बारे इञ्जिनियर रंजित कर्णले भावुक बन्दै भने, कांग्रेसी कार्यकर्ताको सदस्यता शुल्कले बनाएको यो कार्यालय पूनः निर्माण गर्न देश बिदेशमा अभियान चलाउने र आफ्नै नेतृत्वमा कांग्रेस मुख्यालय को पुनरसंरचना गर्ने तयारी आजै देखि सुरु भएको बताए ।
इञ्जिनियर कर्णले जलेर खरानी भएको सिंहदरवार,संसद भवन र सर्वोच्च अदालतको क्षतिको विवरण समेत आफ्नो टिमले संकलन गरिरहेको बताएका छन्।
पवित्र उदेश्य राखेर जेनजीले गरेको आन्दोलनमा आफ्नो एक्यबद्द्ता रहेको तर घुस पैठका कारण देशमा आगो लागेको भन्दै पूनरनिर्माणमा सरकारलाई काँग्रेसले सहयोग गर्ने बताएका छन् । नेता कर्णले नव नियुक्त प्रधानमन्त्री शुसिला कार्कीले आजै भ्रष्ट्राचारको छानविन गर्न उच्चस्तरीय आयोग बनाउन सुझाव दिएका छन् ।
कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने
त्रिविका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो
ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता
रविलाई प्रधानमन्त्री बनाउने गरी कारागारबाट निकालेको खुलासा, मुख्यसचिव र एआइजी नै दिएका थिए सहमति
दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न तेइस जना नागरिक अगुवाहरूको आह्वान
कैदी र हतियार नफर्किएसम्म नेपालीलाई खाडीको रोजगारी कठिन
माइतीघरमा प्रदर्शन गर्न खोज्ने १४ जनाभन्दा धेरै पक्राउ
पूर्वउपकुलपति भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
दोलखाको लप्ची गुम्बाबाट फर्कने क्रममा फसेका ४ जना विदेशी पर्यटकको उद्धार
प्रतिक्रिया