१२ मंसिर २०८२
काठमाडौं - महाधिवेशन नजिकिदै जादा सत्ताबाट उछिट्टिएको एमाले भित्रको भाडभैलो कुटाकुटमा परिणत हुन थालेको छ । विचारले चल्नु पर्ने राजनीतिक दलमा बलको प्रशर्दन हुन थालेको छ । कुरा सुनसरी क्षेत्र नम्बर १ को हो । जहाँ महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर उत्पन्न भएको आन्तरिक विवाद खुला सडकमै हिंसात्मक रूपमा प्रकट भएको छ ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य अनिल राजधामी माथि एमालेकै समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। एमाले धरान कार्यालय नजिकै बिहीबार बेलुका युवा संघ कोशी इञ्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राई सहितको समूहले राजधामीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप लागेको हो। कुटपिटपछि एमालेका अन्य कार्यकर्ताले उनलाई उद्धार गरी बिजयपुर अस्पतालमा भर्ना गरेका थिए। उपचारपछि राजधामी डिस्चार्ज भएका छन्।
राजधामी र दिवस दुवैले महाधिवेशनमा युवा तर्फका प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। उम्मेदवारी दर्तासँगै संगठनभित्र चर्किएको प्रतिस्पर्धा सडकसम्म झरेको देखिएको छ। आक्रमणबारे दिवस राईले सामान्य ठेलाठेल मात्र भएको दाबी गरेका छन्। तर घाइते राजधामीले भने आफूलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको तथा दिवस र विवेकको समूहले कुटपिट गरेर अनुहारमै गम्भीर चोट पु¥याएको भन्दै कडा आपत्ति जनाएका छन्।
धरानमा खुलेआम भएको कुटपिटको घटनाले एमालेको आन्तरिक द्वन्द्व अब सडकसम्म छताछुल्ल भएको पुष्टि गरेको छ। एमाले नेताहरू अहिले दुवै जनालाई मिलाउन लागि परेका छन्।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया