१९ कात्तिक २०८३
काठमाडौं - नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । राष्ट्र बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको हो । धनतेरसमा सुनका असर्फीको माग बढी हुने भएकाले सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार, सर्वसाधारणले प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्रामका एक–एक थान असर्फी खरिद गर्न सक्नेछन् । सुनको प्रचलित बजार मूल्यमा निर्माण लागत जोडेर असर्फीको मूल्य निर्धारण गरिएको छ ।
व्यक्तिगत खरिदकर्ताका लागि सुनको बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ थप गरी दैनिक मूल्य तय गरिने राष्ट्र बैंकले जनाएको छ । यस्तै, संस्थागत खरिदकर्ताका लागि प्रतिग्राम ३०० रुपैयाँ थप गरी मूल्य निर्धारण गरिएको छ । असर्फी व्यक्ति तथा संस्थाले खरिद गर्नसक्ने व्यवस्था गरिएको छ ।
धनतेरसका अवसरमा सुन र चाँदीका सिक्का खरिद गर्न बबरमहलस्थित टक्सार विभागमा सर्वसाधारणको बाक्लो भीड लागेको छ । सिक्का खरिदका लागि बिहानैदेखि लामो समय लाइनमा बसेर सर्वसाधारणले सुन तथा चाँदीका सिक्का खरिद गरिरहेका छन् । धनतेरसमा सुनचाँदीका सामग्री तथा सिक्का खरिद गर्नुलाई शुभ र समृद्धिको प्रतीकका रूपमा लिने धार्मिक तथा सांस्कृतिक मान्यता छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया