०९ मंसिर २०८२
काठमाडौं- नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ।
असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिएको जिकिर गर्दैै एमालेले मंगलबार रिट दिएको एमाले नेता महेश बर्तौलाले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार एमाले संसदीय दलको तर्फबाट प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट निबेदन दिएको हो। विघटित प्रतिनिधि सभामा एमालेका मुख्य सचेतक रहेका बर्तौला र सचेतक सुनिता बरालले निवेदन दिएका हुन्।
गत मंगलबार बसेको विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकले एमालेका सांसदहरूको हस्ताक्षर लिएर विघटनविरुद्ध सर्वोच्चमा जाने निर्णय गरेको थियो।
एमालेले विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गरिरहेको छ भने फागुन २१ गते तोकिएको चुनावको विरोध गरिरहेको छ।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया