१३ कात्तिक २०८३
काठमाडौं- सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई थप विस्तार गर्ने तयारी गरेको छ। अब बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने बिक्रेतालाई समेत नगद पुरस्कार दिने व्यवस्था गर्न लागिएको हो।
चालु आर्थिक वर्षको सुरुदेखि कार्यान्वयनमा ल्याइएको यस कार्यक्रमले बिल लिने संस्कारको विकास गर्नुका साथै राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पारेको सरकारी अधिकारीहरूको बुझाइ छ।
कार्यक्रम सञ्चालनमा आएपछि उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा सक्कल भ्याट वा प्यान बिल माग्ने र लिने क्रम बढेको अनुमान गरिएको छ। यही अवधिमा सरकारको भ्याट संकलनसमेत २५ प्रतिशतसम्म वृद्धि भएको जनाइएको छ।
सरकारका अनुसार यस कार्यक्रमले व्यावसायिक कारोबारलाई व्यवस्थित रूपमा अभिलेख राख्न र थप कारोबारलाई करको दायरामा ल्याउन सहयोग पुर्याएको छ।
कार्यक्रमअन्तर्गत हालसम्म उपभोक्ताले नगद पुरस्कारसमेत प्राप्त गरिसकेका छन्। साउन १ देखि असोज १५ गतेसम्म पाँच चरणमा सार्वजनिक गरिएको पुरस्कार विवरणअनुसार ७४ जना उपभोक्ताले जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर पुरस्कारस्वरूप जनही सात लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने कार्यक्रम प्रभावकारी देखिएपछि सरकारले अब बिल जारी गर्ने व्यवसायीलाई समेत पुरस्कृत गर्ने नीति अघि सारेको हो।
यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिक्रेतालाई पनि पुरस्कार दिने व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार विभागले कार्यक्रम विस्तार गर्ने तयारी अघि बढाएको हो।
नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि उपभोक्ताले बिल माग्ने मात्र नभई व्यवसायीले पनि नियमित रूपमा बिल जारी गर्ने प्रवृत्ति विकास हुने सरकारको अपेक्षा छ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया