१५ असोज २०८३
काडमाडौं - देश चुसेर घरका कुना–काप्चा र बोरामा अकुत कालोधन थुपारेकाहरुको दिन अब सिद्धिने भएको छ । भ्रष्टहरुलाई तह लगाउन, लुकाएको धन निकाल्न पाँच सय एक हजारको नोटमा प्रतिवन्ध लगाउन बालेन शाह नेतृत्वको सरकारसँग रास्वपाकै सांसदले माग गरेका छन् ।
वर्षौँदेखि राज्यको दोहन गरेर थुपारिएको कालोधन, अवैध कारोबार र बजारमा सिर्जना गरिएको नगद सङ्कटलाई नियन्त्रण गर्न ठूला नोटमा प्रतिबन्ध लगाउनुपर्ने माग रास्वपाले नै चर्काएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तापक्ष रास्वपासँगै प्रतिपक्ष दल नेकपाका सांसले एउटै स्वरमा सरकारसँग नोटबन्दीको साहसिक कदम चाल्न जोडदार माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले ३५ वर्षदेखि देश लुटेर थुपारिएको कालोधनकै बलमा कतिपय शक्तिहरू राज्यविरुद्ध लागिपरेको गम्भीर आरोप लगाए। उनले ती ठूला नोटहरूलाई तत्काल प्रतिबन्ध गरेर भ्रष्टाचारीको हातमा भएको पैसा रद्दीको टोकरीमा पु¥याउनुपर्ने ठोकुवा गरे। न्यौपानेले भ्रष्टाचारबाट जम्मा भएको रकमलाई बैंकिङ प्रणालीमा ल्याउन वा निष्क्रिय बनाउन नोटबन्दी आवश्यक रहेको आवाज उठाए ।
सांसद न्यौपानेको प्रस्तावमा समर्थन जनाउँदै नेकपाका प्रमुख सचेतक युवराज दुलालले त झन् एक कदम अघि बढेर, हजार र पाँच सयका नोट प्रतिबन्ध गर्नका लागि सम्पूर्ण सांसदहरू हस्ताक्षर गरेर दिन तयार रहेको उद्घोष गरे। उनले भ्रष्टाचारको जगमा उभिएको यो कालोधन रोक्न सरकारलाई केले छेक्यो भन्दै सभामुखमार्फत कडा रुलिङको समेत माग गरे।
वास्तवमा ठूला दरका नोट प्रतिबन्ध गर्नुपर्ने आवाज संसद्मा पहिलोपटक उठेको भने होइन। यसअघि पनि नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसी, पूर्व अर्थसचिव रामेश्वर खनाललगायत अनेकौँ अर्थविद् तथा सर्वसाधारणले बजारमा व्याप्त आर्थिक अनियमितता रोक्न ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने तर्क राख्दै आएका छन्। नेपालमा राजनीति र पहुँचको आडमा ठूला–ठूला नेता, व्यापारी र उच्च पदस्थ कर्मचारीहरूले बोराका बोरा नगद घरमै लुकाएर राखेको आम बुझाइ छ। जसका कारण बजारमा बैंकिङ तरलताको समस्या देखिने र अवैध कारोबारले प्रश्रय पाउने स्थिति बनेको छ।
छिमेकी मुलुक भारतले सन् २०१६ मा र नाइजेरियाले केही वर्षअघि गरेको नोटबन्दीको अभ्यासलाई हेर्ने हो भने, यसका केही व्यावहारिक जटिलता छन्। तर, कालोधनलाई एकै झटकामा ध्वस्त पार्न र अवैध रूपमा थुपारिएको रकमलाई बैंकिङ दायरामा ल्याउन वा खरानी बनाउन नोटबन्दी नै सबैभन्दा अचूक अस्त्र मानिन्छ।
अब प्रश्न उठ्छ— के सरकारसँग यो कडा निर्णय लिने राजनीतिक इच्छाशक्ति र हिम्मत छरु के बोरामा नोट लुकाएर सरकार ढाल्ने र बनाउने खेलमा लाग्नेहरूका विरुद्ध यो सर्जिकल स्ट्राइक होलारु यसको जवाफ भने सरकारको आगामी कदमले नै दिनेछ। तर बालेन सरकार भ्रष्टलाई पाता कसेर कालो धन निकाल्ने अभियान नै चलाउने तयारीमा छ ।
कालोधन थुपारेर राज्यलाई चुनौती दिनेहरूका लागि नोटबन्दी एउटा गतिलो ओखती बन्न सक्छ। अब हेर्नु छ— सरकारले ठूला नोटमाथि प्रतिबन्धको हथौडा चलाएर सुशासनको प्रत्याभूति दिलाउँछ या पुराना शासकजस्तै केवल यस्ता आवाज सुनेर मात्रै बस्छ रु
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया