१० भदौ २०८२
काठमाडौं – पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा बसेका छन् ।
उखु किसानहरूको आन्दोलनलाई समर्थन गर्न पुगेका अध्यक्ष नेपाल उखु किसानहरूसँग धर्नामा बसेका हुन् ।
यसअघि आजै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगेका थिए ।
उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई
सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले आइतबारदेखि निरन्तर प्रदर्शनलाई जारी राखेका छन् ।
बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन्
सोमबार उनीहरूले उखु नै बोकेर आन्दोलनमा सहभागी भएका थिए । उनीहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन उनीहरूले सरकारसँग माग गरेका छन् ।
विकास, सुशासन र जनउत्तरदायी नेतृत्वप्रति प्रतिबद्ध छुः मणिराम फुयाल
बालेन झापा–५ मा घरदैलो अभियानमा
चिनियाँ ठेकेदारको ८० करोडको मुद्दा सर्वोच्चको संयुक्त इजलासमा
धनकुटामा मतदाता शिक्षा सुरु, विगतमा यस्तो थियो मत बदरको अवस्था
मतपत्र छपाइ अन्तिम चरणमा
चुनावलाई चीनको साढे ५८ करोड
टुँडिखेलमा अमेरिकी सेना
भद्रपुर विमानस्थलमा ओली : चुनाव भयो भने हामी भाग लिन्छौँ
जुम्लामा एम्बुलेन्सको भाडा बढेपछि विरोध
पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा
प्रतिक्रिया