११ माघ २०८२
काठमाडौं- आफ्नो स्वार्थ पुरा गर्न जुन हदसम्म पनि जान तयार हुने एमाले अध्यक्ष केपी शर्मा ओली आफूले हार्ने र एमाले सोत्तर हुने अवस्था आए चुनाव नै भाड्ने तयारीमा जुटेका छन् ।
सुरुदेखि नै सुशिला काकी नेतृत्वको सरकार र चुनावको विरोध गर्दै आएको एमाले बाध्यताले चुनावी प्रक्रियामा सामेल भएको थियो । चुनाव बहिष्कार गर्ने कुनै गतिलो बाहाना नभेटेपछि र अन्य दलले पनि साथ नदिएपछि बाध्य भएर एमालेलाई चुनावी प्रक्रियामा सामेल गराएका ओली भित्र भित्रै आन्दोलनको तयारीमा जुटेका छन् ।
एकातिर सबै ओलीले केन्द्रिय सदस्य र ६ लाखभन्दा धेरै संगठित सदस्यलाई एमालेलाई बहुमत दिलाउन सक्रिय हुन भन्दै पत्र पठाएका छन् अर्कातिर हामी आन्दोलनमा जानु पर्ने हो की चुनावमा भाग लिनु पर्ने हो, अझै भन्न सकिने अवस्था छैन् भन्दै धम्की दिइरहेका छन् । शनिबार ओलीले ६ लाख ६३ हजार पार्टीका संगठित सदस्यहरुलाई पत्र लेख्दै एमालेलाई जिताउनका लागि सक्रिय हुन पत्र पठाएका छन् । पत्रमा आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बिचको हार जितको फैसला गर्ने उल्लेख छ । ओलीले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा उल्लेख गरेका छन् ।
शनिबार यसरी पार्टीका कार्यकर्ताका नाममा पत्र काटेका ओलीले शनिबार नै निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने चेतावनी पनि दिए । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमानित गर्ने काममा सक्रिय भएको भन्दै निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने बताए। आफूलाई झापाबाट काठमाडौं फर्किँदा विमानस्थलमा सुन तस्करझैँ गरेर चेकजाँच गरेको भन्दै उनले आपत्ति जनाएका थिए ।
ओलीले विमानस्थलमा अपमानित गरेको दाबी गरेपनि विमानस्थल प्रहरी स्रोतका अनुसार त्यस्तो फरक ब्यहार गरिएको थिएन । अनाआवश्यक चेकजाँच गरेर दुःख नदिएको प्रहरी स्रोतको दाबी छ । तर, ओलीले आफूलाई सुन तस्करजस्तो व्यबहार गरेको र सरकारले आफूहरुको अपमान गर्ने काम गरेको आरोप किन लगाइरहे छन् । उनले यस्तो आरोप लगाउनुको कारण हार्ने अवस्था आए यी र यस्तै बनाएर बनाएर सरकारविरुद्ध आन्दोलनमा उत्रिने र चुनाव नै सार्ने वा भाड्ने खेल हुन सक्ने आशंका गर्न थालिएको छ ।
झापा– ५ मा आफैले हार्ने खतरा बढ्दै गएपछि र देशभर नै एमाले रक्षात्मक बन्दै गएपछि हार्ने चुनाव लड्ने भन्दा भाड्ने खेलमा उनी सक्रिय हुन थालेको उनकै अभिब्यक्तिले जनाउँछ । अझै पनि केहि समय हेर्ने, आफ्नो पक्षमा चुनावी माहोल बनाउन सके अघि बढ्ने नत्र एमालेलाई आन्दोलनमा उतार्ने ओलीको योजना छ । त्यसका लागि अहिले देखि नै सरकारले आफूहरुलाई अपमानित गर्यो भन्दै आरोप लगाइ रहेका छन् भने आन्दोलनका लागि ठोस बाहाना पनि खोजिरहेका छन् ।
आफ्नै क्षेत्रमा गएर काठमाडौंका पूर्व मेयर बालेन शाहले धाबा बोलेपछि र उनको पक्षमा अप्रत्यासित माहोल बनेपछि ओली झस्किन थालेका छन् । देशभर एमाले उम्मेदवारहरु रक्षात्मक बनेपनि उनी हरेक जसो कार्यक्रममा छट्पटि ब्यक्त गरिरहेका छन् ।
नर्स चुस्ने शहीद मेमोरियल अस्पतालविरुद्ध चर्कियो आन्दोलन, मेडिकल डाइरेक्टर र व्यवस्थापन समितिको भागाभाग
प्रहरीको छापापछि अतालियो एनसेल, स्मार्ट सेल खरिदबाट भयो ब्याक, विष्णु पौडेल शैलीमा लिन खोज्दैछ उन्मुक्ति
संविधान संशोधन कार्यदलले बोलाएको बैठक जेनजी युवाहरूले गरे बहिष्कार
एनसेलले यसरी कौडीको भाउमा कब्जा गर्यो ३० अर्बको सरकारी सम्पत्ति, एनसेलका अधिकारी समात्दै सिआइबी !
बारम्बार बालेनसँग किन भिड्दैछन् हर्क ,खास के हो दुष्मनी ? मागे प्रधानमन्त्रीको राजीनामा
१३ आयोजनालाई सरकारले दियो ८ अर्ब २५ करोडकाे सामानमा कर छुट, कसले कति पाए ?
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने गुप्तचरी निकाय
अर्जुननरसिंहले भने– प्रधानमन्त्रीले तोकेको मन्त्रीले टेबल गर्दा हुन्छ, ज्ञानेन्द्र र ऐनले भने– आउनैपर्छ
मोबाइल अफ गरेर भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट समातिएका थिए सीईओ पाण्डे
मन्त्रीको सचिवालय सदस्य नै अपहरकारी ,नांगै बनाएर भिडियो खिचेपछि जाकिए खोरमा
प्रतिक्रिया