२७ पुस २०८२
काठमाडौं - नेपाली कांग्रेसका ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा रहेको पाइएको छ । संस्थापन पक्षको वकालत गर्दै नियमित महाधिवेशनमा जोड दिदै आएका नेताहरु पनि विशेष महाधिवेशनको पक्षमा खुल्न थालेका हुन् ।
यो समाचार तयार पर्दासम्म ४९।३४ प्रतिशत प्रतिनिधिले भृकुटीमण्डप पुगेर नाम दर्ता गराइसकेका छन् । भने, केही प्रतिनिधिहरु नाम दर्ता गराउन अझै लाइनमा छन् ।
कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेकोमा भोलिसम्म ६० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरिसक्ने विशेष महाधिवेशन व्यवस्थापन समितिको अनुमान छ । जारी उद्घाटन समारोहमा बोल्ने अधिकांश नेताहरुले सभापति शेरहादुर देउवासहित संस्थापन पक्षका नेताहरुलाई भोलि बिहानदेखि सुरु हुने बन्दसत्रमा उपस्थित आग्रह गरिरहेको देखिन्छ ।
जिल्ला सभापतिहरुको प्रतिनिधित्व गर्दै बोलेका नेता चतुरबहादुर चन्दले चार महिनादेखि कोमामा रहेको पार्टीलाई लयमा ल्याएकोमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई धन्यवाद समेत दिएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया