२९ साउन २०८२
काठमाडौं- विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबानाको निर्धारण गरेको छ ।
साउन २१ गते विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो भने बिहीबार सजाय सुनाएको हो । विशेष अदालतका अध्यक्ष न्यायधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद र जनही १० करोड जरिबाना निर्धारण गरेको हो।
फैसलाअनुसार, उनीहरुले बागमती नगरपालिकाको ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरेका थिए। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम दोषी ठहर गरिएको हो ।
अदालतले प्रत्येक दोषीलाई ८ वर्ष कैद सजायका साथै १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसा जरिवाना र बिगो बराबरको रकम असुल उपर गर्न आदेश दिएको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम प्रत्येक प्रतिवादीबाट ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा क्षतिपूर्ति राहत कोषमा दाखिला गर्न पनि आदेश दिइएको छ ।
अदालतको आदेशसँगै थापा मेयरबाट बर्खास्त भएका छन् । माओवादी केन्द्रका नेता थापाले २०७४ र २०७९ को निर्वाचनमा लगातार बाजी मारेका थिए । भरत ताललाई नै देखाएर जनता झुक्याउँदै र तर्साउदै चुनाव जितेको विपक्षीले आरोप लगाउँदै आएका थिए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया