०७ पुस २०८२
काठमाण्डौ – नेपाली सेनाले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन तथा त्यसपछिको अशान्त परिस्थितिमा संविधानको अक्षर र मर्म अनुसार संयमित भूमिका निर्वाह गरेको जनाएको छ ।
जङ्गी अड्डाले सार्वजनिक गरेको विश्लेषणमा ती दिनहरूमा देश उच्च जोखिमको अवस्थामा पुगेको र थप मानवीय क्षति रोक्नु नै सेनाको प्रमुख लक्ष्य रहेको उल्लेख छ । यदि सेनाले कार्यपालिकाको स्पष्ट आदेशविना हस्तक्षेप गरेर २४ गते थप नागरिकको ज्यान गएको भएमा परिस्थिति सम्हालिन कठिन हुनुका साथै विनाआदेश आफैँ परिचालन भएको दोष पनि सेनामाथि नै पर्ने खतरा रहेको जङ्गी अड्डाको विश्लेषणमा भनिएको छ ।
सङ्कटको घडीमा उद्धार, मानवीय सहायता र संवेदनशील ठाउँको संरक्षणमा सीमित तर आवश्यक भूमिका आफूहरूले खेलेको सेनाको भनाइ छ ।
नवयुवा आन्दोलनपछिको राजनीतिक अन्योलका बीच परिस्थितिलाई थप बिग्रिन नदिन सरोकारवालाबीच संवाद र समन्वयको वातावरण बनाउन सहजीकरण गरेको उल्लेख गर्दै सेनाले कुनै राजनीतिक एजेन्डा अघि नबढाएको र सत्ता हस्तक्षेपको आकांक्षा नराखेको स्पष्ट पारेको छ । निर्णयको अधिकार कार्यपालिका र राष्ट्रपतिमै सीमित रहँदा सेनाले त्यसलाई पूर्णरूपमा सम्मान गरेको सेनाको भनाइ छ ।
सार्थक बन्यो बालेनको गर्जन र शिशिर दौडधुप, जलवायू क्षति–नोक्सानीबाट नेपालले तत्कालै ३ अर्ब पाउने
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने, केन्द्रीय सदस्य पनि थप्ने
सरकारकै साहयतामा अब प्रत्येक नेपालीको आफ्नै घर बन्ने, ७५ हजार अनुदान, ५ लाख भुत्तानीमा घर निर्माण, के छ नयाँ भवन ऐनमा ?
दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय अध्ययन समिति गठन
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
मन्त्री सहरहको हैसियतका कुमार बेन जो लिदैनन् तलव भत्ता र चढ्दैनन् सरकारी गाडी, यी हुन प्रधानमन्त्री बालेनका २५ सल्लाहार र सचिवालय सदस्य
गगन सभापति बन्दा को को बन्दैछ महामन्त्री ?कांग्रेसमा ४४ हजार युवा आउँदैछन् नेतृत्वमा
हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग
प्रतिक्रिया