०७ पुस २०८२
काठमाण्डौ – नेपाली सेनाले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन तथा त्यसपछिको अशान्त परिस्थितिमा संविधानको अक्षर र मर्म अनुसार संयमित भूमिका निर्वाह गरेको जनाएको छ ।
जङ्गी अड्डाले सार्वजनिक गरेको विश्लेषणमा ती दिनहरूमा देश उच्च जोखिमको अवस्थामा पुगेको र थप मानवीय क्षति रोक्नु नै सेनाको प्रमुख लक्ष्य रहेको उल्लेख छ । यदि सेनाले कार्यपालिकाको स्पष्ट आदेशविना हस्तक्षेप गरेर २४ गते थप नागरिकको ज्यान गएको भएमा परिस्थिति सम्हालिन कठिन हुनुका साथै विनाआदेश आफैँ परिचालन भएको दोष पनि सेनामाथि नै पर्ने खतरा रहेको जङ्गी अड्डाको विश्लेषणमा भनिएको छ ।
सङ्कटको घडीमा उद्धार, मानवीय सहायता र संवेदनशील ठाउँको संरक्षणमा सीमित तर आवश्यक भूमिका आफूहरूले खेलेको सेनाको भनाइ छ ।
नवयुवा आन्दोलनपछिको राजनीतिक अन्योलका बीच परिस्थितिलाई थप बिग्रिन नदिन सरोकारवालाबीच संवाद र समन्वयको वातावरण बनाउन सहजीकरण गरेको उल्लेख गर्दै सेनाले कुनै राजनीतिक एजेन्डा अघि नबढाएको र सत्ता हस्तक्षेपको आकांक्षा नराखेको स्पष्ट पारेको छ । निर्णयको अधिकार कार्यपालिका र राष्ट्रपतिमै सीमित रहँदा सेनाले त्यसलाई पूर्णरूपमा सम्मान गरेको सेनाको भनाइ छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया