१८ असार २०८३
काठमाडौँ - तपाईंले कहिल्यै याद गर्नु भएको छ रु कतिपय मान्छेको गर्ध कालो देखिन्छ ।
सरसरफाइमा कमी वा फोहोर वा मयल जम्म भएर गर्धन त्यस्तो देखिएको हामी सोच्छौं । तर गर्धनमा कालो देखिनुका कारण फोहोर जम्मा भएर होइन । केही स्वास्थ्य समस्याको कारणले पनि यस्तो हुन सक्छ । मानिसहरू प्रायः फोहोर वा पर्याप्त सरसफाइको कमीको कारण गर्धन कालो देखिन्छ भनेर सोच्छन् । तर यो पूर्णतया गलत हो । गर्धन कालो देखिनुलाई एक्यान्थोसिस निग्रिनेक्स भनिन्छ । गर्धन कालो हुनुका धेरै कारणहरू सक्छन् । इन्सुलिन प्रतिरोध, पीसीओएस, हार्मोनल असंतुलन, मोटोपना, वा कहिलेकाहीं आनुवंशिकीको कारण पनि यस्तो हुन्छ ।
छाला विशेषज्ञहरू क्रिम लगाउनाले यो समस्या निको हुँदैन भन्छन् । तौल व्यवस्थापन, इन्सुलिन प्रतिरोधलाई सम्बोधन गर्ने, र पीसीओएस वा पीएमओएस व्यवस्थापन गर्ने लाभदायक साबित हुनेछ । गर्धनको कालोपनबाट छिटो छुटकारा पाउन, तपाईं छाला विशेषज्ञसँग परामर्श गर्न सक्नुहुन्छ । छाला विशेषज्ञको मार्गदर्शन मात्र तपाईंले केमिकल पिल वा लेजर उपचारको साथ यो समस्या समाधान गर्न सक्नुहुन्छ ।
तपाईंको गर्धन लामो समयसम्म कालो छ र सफा गर्दा पनि यसको कालो तह जाँदैन भने समस्याको जरासम्म पुग्न केही परीक्षणहरू गर्न सकिन्छ । तपाईंले फास्टिङ ब्लड सुगरमा चिनी र फास्टिङ इन्सुलिन परीक्षण गर्नुपर्छ ।
यो समस्या कम गर्न तपाईंले क्रिमको साहारा पनि लिन सक्नु हुन्छ । छाला विशेषज्ञहरूका अनुसार क्रिमहरूले समस्यालाई पूर्ण रूपमा निको त पार्दैनन् । तर तिनीहरूले कालो दागहरूलाई थोरै हल्का बनाउन सक्छन् । यसको लागि रेटिनोइड्स, युरिया, वा ल्याक्टिक एसिड क्रिमहरू प्रयोग गर्न सकिन्छ ।
गर्धनको कालो हटाउन तपाईंले बस्सरी रगड्ने वा ब्लीच लगाउने काम फिटिक्कै गर्नु हुन्न । छालालाई बिस्तारै सफा गर्नुहोस् । मोइस्चराइजर प्रयोग गर्नुहोस्, सनस्क्रिन लगाउनुहोस् र टाइट लुगा लगाउनबाट जोगिनुहोस् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया