१८ जेठ २०८३
काठमाडौं - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल(डीपी)ले संसद्मा देखिएका समस्या समाधानमा विपक्षी दलको साथ नपाएको गुनासो गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिलाई लिएर सोमबार विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नो आसनबाटै यस्तो गुनासो गरेका हुन् ।
सो क्रममा उनले विपक्षी दलका सदस्यहरूलाई पटक(पटक संवाद गर्न बोलाएपनि समय नपाएको दाबी गरे । सभामुखको हैसियतले आफूले संवादलाई प्राथमिकता दिएको दाबी गर्दै उनले विपक्षी दलबाट नजरअन्दाज भएको बताए ।
सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावलीअनुसार नै अघि बढाइएको दाबी गरे ।
सभामुखको हैसियतले आफूले विधेयकमा आएका संशोधनहरूलाई निर्णयार्थ मात्रै प्रस्तुत गर्नसक्ने भन्दै प्रष्टीकरण दिए ।
आफूले प्रक्रियामा काम गरिरहेको र कुनै नियम नमिचेकोसमेत सभामुख अर्यालको दाबी छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया