१८ जेठ २०८३
काठमाडौं - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल(डीपी)ले संसद्मा देखिएका समस्या समाधानमा विपक्षी दलको साथ नपाएको गुनासो गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिलाई लिएर सोमबार विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नो आसनबाटै यस्तो गुनासो गरेका हुन् ।
सो क्रममा उनले विपक्षी दलका सदस्यहरूलाई पटक(पटक संवाद गर्न बोलाएपनि समय नपाएको दाबी गरे । सभामुखको हैसियतले आफूले संवादलाई प्राथमिकता दिएको दाबी गर्दै उनले विपक्षी दलबाट नजरअन्दाज भएको बताए ।
सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावलीअनुसार नै अघि बढाइएको दाबी गरे ।
सभामुखको हैसियतले आफूले विधेयकमा आएका संशोधनहरूलाई निर्णयार्थ मात्रै प्रस्तुत गर्नसक्ने भन्दै प्रष्टीकरण दिए ।
आफूले प्रक्रियामा काम गरिरहेको र कुनै नियम नमिचेकोसमेत सभामुख अर्यालको दाबी छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया