२४ मंसिर २०८२
काठमाडौँ — मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रबाट ८ सय ४३ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्मको भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा सडकछेउमा व्यापार सञ्चालन गरेपछि पक्राउ अभियान थालिएको बताए ।
पक्राउ पर्नेमा नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका नागरिक छन् । समितिले पक्राउ पर्ने देशका नागरिकको संख्या खुलाएको छैन । आमिरुद्दिनका अनुसार यसअघि पनि सेरी मुडा, सेलाङ्गोर होलसेल मार्केटसहित विभिन्न स्थानमा अवैध आप्रवासीविरुद्ध यस्तै अभियान चलाइएको थियो ।
पक्राउ परेकामध्ये धेरैजसोसँग परिचय खुलाउने कागजात नभएको, भिसा वा पासका सर्त उल्लंघन गरेको, बसाइ अवधि नाघेको, नक्कली वा मान्यता नपाएको कागजात प्रयोग गरेको जस्ता आरोप रहेको इमिग्रेसनले जनाएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया