२५ असोज २०८३
काठमाडौं- देश र जनताको सुरक्षा गर्छु, देशको झन्डा र बर्दीको शान जोगाउँछु“ भनेर कसम खाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूलाई घरायसी काममा लगाउने, उस्तैपरे भाडैसम्म मोलाउनेहरुको मोमस्ती अब समाप्त हुने भएको छ ।
बर्दीको यो चरम अपमान र ’हुकमी’ मौजमस्तीमाथि कडा प्रहार गर्दै बालेन शाह नेतृत्वको सरकारले घरायसी काममा प्रयोग गरिएका सुरक्षाकर्मी फिर्ता गर्न उर्दी जारी गरेको छ । गृह मन्त्रालयले कार्यविधि विपरीत भीआईपी र नेताहरूको चाकडी र घरायसी काममा खटिएका सबै सुरक्षाकर्मीलाई ७ दिनभित्र अनिवार्य रूपमा दरबन्दीमा फिर्ता गर्न कडा अल्टिमेटम जारी गरेको छ। अटेर गरे खटाउने हाकिमदेखि राख्ने नेतासम्मलाई कारबाहीको चेतावनी दिइएको छ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी सार्वजनिक सूचना अनुसार— ’अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि’ विपरीत घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीहरूलाई तत्काल आ–आफ्नो दरबन्दीमा फिर्ता पठाउन ७ दिने कडा निर्देशन दिइएको छ।
मन्त्रालयले स्पष्ट पारेको छ– यदि कसैले सुरक्षाको बहानामा प्रहरीलाई घरायसी काममा खटाएको पाइएमा, खटाउने अधिकारी र दुरुपयोग गर्ने पदाधिकारी दुवैमाथि सिधै कारबाही हुनेछ। यति मात्र होइन, बर्दीको दुरुपयोग भए÷गरेको पाइएमा खटिएका सुरक्षाकर्मी वा सर्वसाधारण जोकसैले सिधै गृह मन्त्रालयको कल सेन्टर नम्बर ९८५१३६०६०३ मा सूचना र उजुरी दिन सक्ने व्यवस्था गरिएको छ।
कति सुरक्षाकर्मी व्यक्तिगत र घरायसी चाकडीमा फसेका छन् ?
गृह मन्त्रालय र सुरक्षा निकायको आन्तरिक अध्ययन अनुसार— कार्यविधिले तोकेभन्दा बाहिर गएर करिब २ हजार ५ सयभन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू पहुँचवालाको व्यक्तिगत चाकडीमा खटाइएका छन् ?
पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला तथा पूर्वसांसद, अवकाशप्राप्त एआईजी, आईजीपी, उच्च नोकरशाह र नातेदारका घरमा यी सुरक्षाकर्मीहरूः खाना पकाउने र भाँडा मोल्ने, घरको बगैँचा गोड्ने र सरसफाइ गर्ने, तिनका बालबच्चालाई स्कुल लैजाने र ल्याउने, श्रीमतीको झोला बोकेर सपिङ मल धाउने र घरका घरपालुवा कुकुरहरूलाई डुलाउने जस्ता लज्जास्पद काममा प्रयोग हुँदै आएका छन् ।
राष्ट्रिय सुरक्षाका लागि राज्यको ढुकुटीबाट तलब र भत्ता खाने राष्ट्रसेवकलाई निजी नोकर सरह खटाउने यो सामन्ती धन्दाले वर्षौँदेखि सुरक्षा निकायको मनोबल गिराइरहेको थियो।
अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ ले कुन तहका नेता वा अधिकारीले कति जना पीएसओ पाउने भन्ने स्पष्ट सीमा तोकेको छ।
तर पहुँचका आधारमा पूर्वहाकिम र नेताहरूले दरबन्दी नै नभएका १० देखि १५ जनासम्म प्रहरी जवानहरू आफ्नो निवासमा ’नोकर’का रूपमा राख्दै आएका थिए। राजधानी काठमाडौँमै तल्लो तहका प्रहरी जनशक्ति अभावमा सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छैनन्, तर पहुँचवालाको महलमा भने एउटै घरमा आधा दर्जन जवानहरू घरायसी काममा पेलिएका छन्।
बालेन शाह नेतृत्वको सरकारले यो सामन्ती अवशेषलाई जरैदेखि उखेल्न र ती सबै जवानहरूलाई सडक तथा ब्यारकको वास्तविक सुरक्षा ड्युटीमा फर्काउन यो अप्रेशन चलाएको हो । यो अप्रेशन नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जस्तै नेपाली सेनामा पनि चलाउन जरुरी छ । किनकी यहाँ झनै तल्लो दर्जाका कर्मचारी माथिल्लो तहका हाकिमको घरमा नोकर जसरी काम गर्न बाध्य हुँदै आएका छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया