१४ असोज २०८३
काठमाडौं - जेनजी आन्दोलनको राप र तापबाट उदाएको, पुराना दलहरुको सारा धन्दा चौपट बनाएको बालेन शाह नेतृत्वको सरकारसँग पुराना दलहरु यसरी अतालिएका छन् की सारा शक्ति लगाएर सरकार ढाल्ने खेल खेल्न थालेका छन् ।
हिजो सत्ताको स्वादमा मयूरझैँ नाचिरहेका एमाले, नेकपादेखि मधेशवादी दलहरूसम्म आज सारा भाग खोसिएपछि आन्दोलनको तयारीमा जुटेका छन् । प्रधानमन्त्रीको कुर्सीमा बालेन शाह रहिरहे आफूहरु थप सखाप हुने निष्कर्षसहित उनीहरु छटपछि आन्दोलनमा उत्रिने भएका छन् । चुनावबाट चाउरिएको मरिचको हालतमा पुगेका उनीहरु जनाधार गुमाएपनि आफ्नो भडास देखाउन सडक तताउन कस्सीएका छन् ।
गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले आन्दोलन हुनसक्ने र त्यसको तयारी भइरहेको लिखित रिपोर्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । उसको निष्कर्ष स्पष्ट छ— कात्तिक महिनापछिको मौसम, चाडबाड र खेतीपातीको काम सकिएपछि मङ्सिरतिर सडक तातिनेछ। सुरक्षा अधिकारीहरू जसलाई ‘आन्दोलनको सिजन’ भन्छन्, त्यही सिजनमा पुराना दलहरूले २०८४ को स्थानीय निर्वाचनअघि सरकारविरुद्धको असन्तुष्टिलाई ठूलो ‘हतियार’ बनाउने षड्यन्त्र रचिरहेका छन्।
सम्भावित घटना विश्लेषण गरिएको रिपोर्ट विभागले प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिव, गृहसचिव, राष्ट्रिय सुरक्षा परिषद् र सेनाको डीजीएमआईलाई बुझाएको छ । यसअघि पनि विभागले त्यस्तो रिपोर्ट दैनिक र साप्ताहिक रूपमा बुझाउने गरेको थियो । राष्ट्रिय अनुसन्धान विभागले हतियार उठाउने समूह र राज्य विप्लव गर्ने समूहको सूचना पनि सङ्कलन गर्दै आएको छ । राज्यविरुद्ध हुन सक्ने जासुसी, अन्तध्र्वंस र भड्काउपूर्ण गतिविधिको सूचना सङ्कलनमा विभागका कर्मचारी र एजेन्टहरू परिचालन गरिएको हुन्छ ।
दसैँ, तिहार र छठ पर्व सकिएपछि काठमाडौँ केन्द्रित आन्दोलन हुन सक्ने विषयमा सुरक्षा निकायले गृहमन्त्रीलाई समेत ब्रिफिङ गरेका छन् । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले गृहमन्त्री सुधन गुरुङलाई जानकारी गराएका छन् । सिराहामा शिक्षामन्त्री सस्मित पोखरेलको कार्यक्रममा भएको हुलदुंगा त्यसैको एउटा नमुना भएको सुरक्षा विश्लेषण छ । भदौ २७ गते सिरहाको औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा शिक्षामन्त्री पोखरेल मञ्चमा बोल्दै गर्दा हो हल्ला मात्रै भएको थिएन । मन्त्री पोखरेल कार्यक्रम छाडेर हिड्न बाध्य हुनेगरी हुलदुंगा भएको थियो । जसलाई सुरक्षा निकायले सामान्य घटनाको रुपमा मात्रै लिएको छैन् ।
त्यसो त आन्दोलनका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसम्मले पटक पटक खुलेयाम अभिब्यक्ति दिइरहेकै छन् । एमालेका सचिव महेश बस्नेतले त ठोकुवा नै गरेका छन्— “छठपछि मधेशसहित देशभर सशक्त आन्दोलन हुन्छ१ मधेशवादी दलहरुले पनि बालेन सरकारविरुद्ध आन्दोलन गर्ने खुलेआम नै बताउन थालेका छन् । यो आन्दोलनमा असन्तुष्ट सबै समूहलाई जोड्न एमाले र नेकपा लागिरहेका छन् ।
तर प्रश्न उठ्छ, के यो आन्दोलन जनताको अधिकारका लागि हो, कि बालेन सरकारको गति रोकेर आफ्नो डुब्न लागेको राजनीतिक डुङ्गा जोगाउने अन्तिम कसरतरु जवाफ प्रष्ट छ। यहाँ आन्दोलन जनताका लागि होइन केवल गुमेको सत्ता र खोसिएको भागको छटपटि पोख्नका लागि फेरि जनतालाई नै दुःख दिन खोजिदै छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया