१६ असोज २०८३
काठमाडौं - गत फागुनमा सम्पन्न निर्वाचनमा भर्ना भएका निर्वाचन प्रहरीका लागि भएको कपडा खरिदका विषयमा संसद्को सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गरेको छ । रास्वपा सांसद मनीष झाको संयोजकत्वमा समिति गठन भएको हो ।
समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन्।
पोसाक खरिदमा अनियमितता भएको उजुरी परेपछि त्यसमा अध्ययन हुन लागेको हो । प्रहरीले भने सम्बन्धित निर्वाचन प्रहरीलाई पोसाक खरिदको पैसा नगद नै दिइएकोले यसमा कुनै अनियमितता नभएको दाबी गरेको छ ।
रास्वपाकै सांसद खगेन्द्र सुनारले खरिदमा अनियमितता भएको भन्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको राजीनामासमेत माग्दै आएका छन्। उनलाई पनि राखेर अध्ययन समिति गठन भएको हो।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया