२४ मंसिर २०८२
काठमाडौं - सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक (एमडी) पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले बुधबार पदबहाली गरेका छन्।
प्राधिकरणको कार्यालयमा पुगेर पदबहाली गरेलगत्तै उनले देशको महत्वपूर्ण सबस्टेसनको रूपमा रहेको दुहबी सबस्टेसनका लागि आवश्यक ,स्पेयर पार्ट्सु (जगेडा पुर्जा) खरिद गर्ने निर्णय सदर गरेका छन्।
पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले दुहबी सबस्टेसनको काम अत्यन्त जरुरी रहेकोले फटाफट अघि बढाउन आफूले पहिलो निर्णयका रूपमा यसलाई सदर गरेको बताए।
शाक्यले आफूले भोग्नुपरेको कानुनी झमेला र ुदुर्घटनाु अरू कुनै कारणले नभई केवल प्राधिकरणको एमडी पदमा रहेकै कारण सिर्जना भएको स्पष्ट पारे। उनले भने, ुप्राधिकरणको एमडी भएकै नाताले मैले त्यो दुर्घटना व्यहोर्नुपर्यो। करिब अढाई महिनाको दुःखद् समयपछि अदालतबाट न्याय पाएर फर्किएको छु।
अबको कार्यकालमा पहिलेभन्दा बढी जोस र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता शाक्यले व्यक्त गरे। उनले नेपाल सरकारको नीति निर्देशन र प्राधिकरणको हितलाई सर्वोपरि ठानेर अघि बढ्ने बताए।
मेरो पूर्व रेकर्ड हेर्दा पनि म शतप्रतिशत काम गरिरहेको थिएँ र अब पनि गर्नेछु,ु शाक्यले भने, ुयदि विगतमा केही कमजोरी भएका रहेछन् भने पनि तिनलाई हटाएर अबको साढे तीन वर्ष एउटा निश्चित लक्ष्य पूरा गर्ने गरी लाग्नेछु।
ऊर्जामन्त्रीसँगको सम्बन्ध र काम गर्ने वातावरणबारे सोधिएको प्रश्नमा शाक्यले आफू र मन्त्री दुवै प्राधिकरणकै पृष्ठभूमिबाट आएको हुनाले काम गर्न सहज हुने विश्वास व्यक्त गरे।
उनले प्राधिकरणले कम्पनी मोडलमा मात्र नभई आफ्नै आयोजनाहरू पनि निर्माण गर्नुपर्छ भन्ने सोचमा आफू र नेतृत्वबिच समानता रहेको उल्लेख गरे।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया