२८ माघ २०८२
काठमाडौं - बजारमा खाना पकाउने ग्यास ९एलपी० को आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाटै सीधै ग्यास बिक्री वितरण सुरु गरेको छ ।
डिलरहरूबाट ग्यास पाउन नसकेका र अतिआवश्यक अवस्थामा रहेका उपभोक्ताहरूलाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था गरेको हो ।
निगमको एलपिजी विभागका प्रमुख विनीतमणि उपाध्यायका अनुसार उपभोक्तालाई थप सहजीकरण गर्ने उद्देश्यले आजदेखि टेकु कार्यालयको परिसरबाटै विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराउन थालिएको छ ।
‘अहिले नेपाल ग्यासका सिलिन्डरहरू कार्यालयमा झारिसकिएको छ र यसको बिक्री वितरण तत्कालै सुरु भइसकेको छ’, विभागका प्रमुख उपाध्यायले अनलाइनखबरसँग भने, ‘साथै, उपभोक्ताको मागलाई सम्बोधन गर्न एभरेष्ट र सुगम ग्याससँग पनि समन्वय भइरहेको छ, ती कम्पनीका ग्यास पनि केही समयभित्रै टेकुबाट उपलब्ध हुनेछन् ।’
नियमित डिलरबाट ग्यास प्राप्त गर्न नसकेका टेकु र आसपास क्षेत्र बासिन्दाका लागि सहज हुनेछ । ‘जसलाई एकदमै जरुरत छ र जसले डिलरबाट पाउनुभएको छैन, त्यस्ता ‘नीडी’ उपभोक्तारूलाई लक्षित गरेर हामीले यो कदम चालेका हौं’, उपाध्यायले थपे ।
आयल निगमको यो कदमले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र उपभोक्तालाई सरकारी निकायबाटै प्रत्यक्ष राहत दिन सहयोग पुग्ने विश्वास गरिएको छ ।
अहिले सिधै कार्यालयबाटै ग्यास वितरण सुरु गरेपछि उपभोक्ताहरूले ग्यासका लागि लामो समय कुर्नुपर्ने वा डिलरहरूमा धाइरहनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया