०९ भदौ २०८२
काठमाडौं – नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)ले बालबालिकालाई स्वर्णविन्दुका थोपा खुवाएर सरकारले सुरु गरेको ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमप्रति विरोध जनाएको छ ।
नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गरेर बनाइएको औषधि भन्दै स्वास्थ्यममन्त्री प्रदीप पौडेलले यही भदौ ५ गते धनगढीमा बालबालिकालाई स्वर्ण विन्दुका थोपा खुवाएर कार्यक्रम सुरु गरेका थिए ।
मन्त्री पौडेलले खुवाउन सुरु गरेको आयुर्वेदिक औषधि स्वर्ण विन्दु कुनै वैज्ञानिक अध्ययन, आधिकारिक निकायमा दर्ता तथा स्वीकृति अनि अपेक्षित प्रभावको प्रामाणिकताबिना नै सुरु गरेको पाइएको भन्दै नेपासले विरोध जनाएको हो ।
कुनै पनि औषधि बनाउँदा औषधिसहित त्यसमा प्रयोग हुने पदार्थहरू समेत दर्ता गर्नुपर्छ । तर, दर्ता र परीक्षण नै नभएको औषधि बच्चालाई खुवाउने अभियान स्वास्थ्यमन्त्रीले सुरु गरेपछि सरकारको यो कार्यक्रमप्रति नेपासले विज्ञप्ति जारी गर्दै असहमती प्रकट गरेको हो ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै सरकारले निर्देशिका जारी गरेर पहिलो चरणमा देशका २५ आयुर्वेदिक चिकित्सालयबाट स्वर्ण विन्दु खुवाउने कार्यक्रम सुरु गरेको छ ।
‘हालसम्म उपलव्ध वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएका हुँदा शिशुहरूमा स्वर्णकल्पबाट प्रतिरक्षा प्रणालीको वृद्धि हुने आधारको अभाव र दर्ता व्याच परीक्षण सार्वजनिक नभएका कारण यो सरकारी अभियानप्रति नेपासको सहमति नरहेको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया