२० वैशाख २०८२
काठमाडौं- नेपाल राष्ट्र बैंकले पाँच वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । बैंक सुपरीवेक्षण विभागले राष्ट्र बैंकको नीति निर्देशन उल्लंघन गरेको भन्दै आव २०८१/८२ को तेस्रो त्रैमासमा कारवाहीमा परेका वाणिज्य बैंकको सूची सार्वजनिक गरेको हो ।
कारवाहीमा पर्ने राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकले केही कर्जाहरूलाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको पाइएको छ ।
कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरूको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडूक्युसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना नगरेको तथा यस बैंकबाट जारी चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा भएका कतिपय व्यवस्थाहरूको पूर्ण पालना गरेको पाइएको छ । जसका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ ।
त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराइएको छ । यस बैंकले निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको तथा न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ जरिवाना तिराइएको छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको पाइएपछि यस बैंकलाई जरिवाना तिराइएको हो ।
नेपाल बैंक लिमिटेडलाई पनि ५ लाख रुपैयाँ जरिवाना तिराइएको छ । यस बैंक सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रहेको पाइएको छ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशनको व्यवस्थाको उल्लंघन गरेकोले सो कसुरमा ५ लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले नसिहत दिएको छ । बैंकको सञ्चालक, चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ एजेन्ट वा सञ्चालक मनोनीत गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरिएकोमा उक्त बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियम विपरीत अप्रत्यक्ष रूपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको छ ।
बैंकले कर्जा नीति एवं कर्जाका प्रडक्ट पेपरहरूको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको पाइएको छ । यस बैंकले मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यावसायिक संस्थाहरूलाई समेत बेलोनिङ किस्ता कायम गरी कर्जा अवधिको शुरुका वर्षहरूमा अत्यधिक न्यूनतम तथा अन्तिम वर्षहरूमा अधिकतम साँवा असुल हुने गरी कर्जाको किस्ता कायम गरेको पाइएको छ ।
नीतिगत व्यवस्था रहेका कर्जाका प्रडक्ट पेपरहरू सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको पाइएपछि यस बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीका लागि ऋण लिने सन्दर्भमा शेयर धितो राख्नु पूर्व यस बैंकको स्वीकृति लिनुपर्नेमा त्यस बैंकको दुई प्रतिशतभन्दा बढी शेयर धारण गर्ने एक संस्थापक शेयरधनीले धारण गरेको लक्ष्मी सनराइज बैंक लिमिटेडको संस्थापक शेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट कर्जा लिँदा राष्ट्र बैंकको स्वीकृति नलिई संस्थापक शेयर धितो बन्धक राखेको तथा कर्जा उपयोग गरेको अभिलेख बैंकले नराखेको पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको जनाएको छ ।
भोलिदेखि कान्तिपुर थिएटरमा 'महारानीको जात्रा'
जेनजीलाई अघि राखेर नेताको सातो खाइन सुशिलाले, ५ घण्टाको छलफलपछि भनिन्- हेर्दै जानुस के के गर्छौ ?
भिजिट भिसामा नयाँ मापदण्ड : अब राहदानी, भिसा, टिकट र स्वघोषणा भए पुग्ने
मनास्लु क्षेत्रमा घाइते पर्यटकको २ दिनदेखि उद्धार भएन
निजामतिको गेटमा नर्सहरूको धर्ना
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध
सुशिलाको साथपछि फेरि सुकुम्बासी हटाउन अघि बढे बालेन, खालि गर्न दिए ७ दिने अल्टिमेटम
कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी
ओली र माधव मिल्दा माओवादी र समाजवादी फुट्दै, झलनाथ र घनश्यामले मागे राजीनामा
प्रतिक्रिया