०१ भदौ २०८२
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले परराष्ट्रमन्त्री डा आरजु राणाको राजीनामा मागेका छन् ।
इजरायल–हमास युद्धका क्रममा वेपत्ता पारिएका विपिन जोशीको अवस्था पत्ता लगाउन नसकेकाले परराष्ट्रमन्त्री राणासहित मन्त्रालयको उच्च दर्जाका कर्मचारीले पद छोड्नुपर्ने उनको भनाइ छ । शाहीले विपिनको खोजी गर्दै उनकी आमा र बहिनीले बगाइरहेको आँशु र गरिरहेको संघर्षले मन छियाछिया भएको पनि बताएका छन् ।
‘जनताको रगत र पसिनाबाट आर्जेको करबाट तलब भत्ता बुझ्ने मन्त्रालयका कर्मचारी तथा पदाधिकारीहरू यस्तो मानवीय संकटमा समेत निष्क्रिय रहनु अत्यन्त दुःखद र खेदजनक छ’, उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘यदि मन्त्रालयले यस्ता कुटनीतिक कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन भने परराष्ट्रमन्त्री तथा कर्मचारीहरूले आफ्नो पदमा बसिरहनुको कुनै औचित्य देखिदैन ।’
सांसद शाहीले विपिनको खोजी गर्दै इजरायल पुगेका उनकी आमा र बहिनीलाई आवश्यक पर्ने मानसिक, नैतिक तथा कूटनीतिक सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
उनले भनेका छन्, ‘इजरायल, हमास तथा अन्य सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूसँग तत्काल समन्वय गरी विपिनको अवस्था पत्ता लगाउन र उहाँलाई सकुशल रिहा गर्नका लागि हरसम्भव कूटनीतिक दबाब सिर्जना गरियोस्।’
भाविष्यमा यस्ता घटना नदोहोरिन दिन नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि दीर्घकालीन रणनीति तथा कूटनीतिक संयन्त्रलाई थप सुदृढ गर्न शाहीले सरकारलाई सचेत गराएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया