०५ चैत २०८२
काठमाडौं - कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो ।
दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन् ।
दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उनीहरुलाई उद्दार गरिएको हो । उद्धार गरिएकाहरुलाई गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बुधबार नै काठमाडौं पठाइएको छ । उनीहरु शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।
अलपत्र परेका अन्य व्यक्तिहरु पनि रहेको सूचना प्राप्त भएको र उनीहरुलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जानकारी दिएको छ ।
कम्बोडियामा कठिन अवस्थामा रहेका नेपालीहरुलाई बैंककस्थित दूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु ९शिवराज पराजुली ंडछछ ज्ञद्द द्दज्ञछ छठड, लालसिहं खडका ंरामजीकुमार क्षेत्री घद्धट छठडड ०लाई सम्पर्क गर्न पनि आग्रहर गरिएको छ ।
कम्बोडियाको पर्यटनसम्बन्धि तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६, ४०४ जना तथा सन् २०२५ मा ९, ६७ट जना नेपालीहरू कम्बोडिया पुगेका छन् ।
दूतावासले कुनै प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा नजान सचेत गराएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया