०९ भदौ २०८२
काठमाडौं – जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न १८ जिल्लामा बाढी आउने सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै आज विभिन्न १८ जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
आज बिहानको बाढी मापन अनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ । तर दिउँसो बढ्ने सम्भावना छ ।
त्यस्तै धादिङ, नुवाकोट, लमजुङ र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना छ । जसका कारण आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुर, कास्की, मुस्ताङ, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने सम्भावना छ । जसकारण आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम रहेको बाढी महाशाखाले जनाएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया