१५ कात्तिक २०८३
काठमाडौं- सनकले क्षणभर शक्ति त देखउँला तर, त्यसले सिध्याउन पनि धेरै बेर लगाउँदैन । यो कुरा तत्कालिन राजा ज्ञानेन्द्र शाहले बुझिदिएको भए, सायद आज देशबाट राजसंस्था हट्ने थिएन । सनककै कारण सत्ता गुमाउनेहरुको फेहरिस्त लामै छ, यो देशमा । तर, पनि किन हो, शासकहरु बार बार सनक देखाइरहन्छन । जसरी टुकी नजिक जाँदा जल्छु भन्ने थाहा पाउँदा पाउदै पुतली टुकि नजिक गइरहन्छ ।
शुक्रबार बालेन शाह नेतृत्वको सरकार र प्रहरी नेतृत्वले यहि रबैया देखायो । देशमा सुशासन कायम गर्ने विधिको शासन चलाउने भन्दै हिडेको सरकार आफैले समाचार कक्षबाटै पत्रकारलाई उठायो । न कुनै उजुरी न त कुनै पक्राउ पुर्जी बिना नै । समाचारप्रति चित्त नबुझे सरकारले नै खडा गरेको संस्था प्रेस काउन्सिल छ, जसमार्फत कारबाही प्रक्रिया अगाडी बढाउन सक्छ । समाचारले ठूलै आघात परे त्यसपछि अदालत जाने बाटो खुल्लै छ। हाम्रो विधि र कानुनले यहि भन्छ । तर, शुक्रबार न कुनै उजुरी न त कुनै पक्राउ पुर्जी समाचार लेखेकै भरमा पत्रकारलाई समाचार कक्षबाटै उठाइयो ।
यसरी प्रहरीको नियन्त्रणमा राखिएका ३ पत्रकारमध्ये म पनि एक थिए । भलै मलाई कार्यालयबाट पक्राउ गरिएन । झुटो घटना खडा गरेर मलाई प्रहरी कार्यालयमा बोलाइएको थियो । दिउँसो १२ बजेर ५१ मिनेटमा फोन आयो । र, भनियो तपाई इ सेवा चलाउनुहुन्छ रु म चलाउदिन थिए, मैले चलाउदिन भन्ने जवाफ दिए । र सोधे तपाई को बोल्नु भयो रु उताबाट जवाफ आयो, म अपराध अनुसन्धान महाशाखाबाट असइ पुरी शेर्पा । तपाईको नम्बरबाट इसेवा चलेको देखिन्छ । र, स्क्याम भएजस्तो देखिन्छ । हामीले तराईबाट २ जनालाई पक्राउ गरेर ल्याएका छौ । तपाईले आफ्नो कुरा यहि आएर स्पष्ट पारिदिनुहो भनियो । विषय उठेपछि प्रष्ट पार्नु पर्छ भन्ने त लागेको थियो, अघिल्लो दिन प्रहरीको कारबाहीको धम्कीसहितको विज्ञप्ति आउनु र भोलिपल्ट प्रहरीको फोन आउनुलाई संयोग मात्रै मान्न सकिने स्थिति थिए । बाघ कराउनु र बाख्रा हराउनु एकैपटक भए झै भएपछि मैले मेरा पत्रकार मित्र मदन ढुंगानालाई यो विषयको जानकारी गराएर म अपराध अनुसन्धान महाशाखाको पिल्लर नम्बर ३ मा पुगे । र, मलाई जसको नाम लिएर फोन गरिएको थिए उहाँलाई भेट्न खोजे ।
तर, एकछिन अल्मल्याइयो । प्रहरीबीच नै खासखुस चल्यो । त्यसको १०/१५ मिनेटपछि डिएसपी आषिश अधिकारी आए । र, सोधे डिएनए खबर सम्पादक धिरज बस्नेत तपाई नै हो । मैले हो भने । अनि आइजीपी सावको विषयमा कडा कडा समाचार लेखिएछ त, कहाँबाट पाउनु भयो यस्तो समाचार भन्दै केरकार गर्न थालियो । उनीसँगै अरु २÷३ जना प्रहरी कर्मचारी पनि थिए । उनीहरु हाम्रो भिडियो रिपोर्ट बजाउँदै यस्तो यस्तो समाचार के आधारमा लेख्नु भयो भन्दै सोधे । मैले उहाँहरुलाई सिधा भने मलाई बोलाइएको विषय र यो साचारको विषयको साइनो कहाँ छ रु मलाई जे भनेर बोलाइएको थियो त्यो कुरा के हो भन्नुस न भनेर सोधे । त्यसपछि उनीहरुले कड्किदै भने– विषय यहि हो । यसको जवाफ माग्न बोलाइएको भन्दै जंगिए । त्यसपछि मैले भने समाचारको विषय तपाईहरुले सोध्ने हो की प्रेस काउन्सिलले रु चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिनुस । हामी त्यहि जवाफ दिन्छौ भने । तर, उनीहरु मेरो कुरा सुन्ने मूडमा थिएनन् । एकहोरो के आधारमा लेखेको भन्दै खनिए । यसरी उनीहरुको कड्काइ करिब १०/१५ चल्यो । त्यसपछि डिएसपी आशिष अधिकारी अलि कुल भए झै गरेर भने हाम्रो कार्यालय प्रमुख सन्तोष खड्का सर आउनु हुन्छ । उहाँसँग भेटेर कुराकानी गर्नुपर्छ, भने । उहाँ कतिखेर आउनु भन्ने मेरो प्रश्नमा आउनु होला केहिबेरमा भनियो । तर, त्यो केहिबेर ५ घण्टा बित्दा समेत आएन । सन्तोष सरसँग भेटाउने होइन, त्यहि बिना उजुरी बिना पक्राउ पुर्जी जिल्ला प्रहरी परिसर काठमाडौंमा लगेर थुन्ने योजना बन्यो । त्यसपछि मैले मेरा मित्र मदन जीलाई फेरी एसएमएस गरे । र, भने– मलाई अपराध महाशाखामै नियन्त्रण राखेका छन् । विषय समाचारकै रहेछ भने । त्यसपछि बल्ल बाहिर हल्ला भयो।
त्यसबीचमा अपराध महाशाखाको पिल्लर नम्बर ३ मा कुन कुन मिडियाले आइजीपीको न्यूज के के भनेर लेखेका छन् भनेर ब्यापक मात्रामा खोज्ने काम भइरहेको थियो । यस्तो लाग्थ्यो अपराध महाशाखाको काम पत्रकारले लेखेको समाचार खोज्ने हो । र, पत्रकार समात्ने हो । त्यसको केहि समयपछि धमाधम अरु मिडियाबाट पत्रकार पक्राउ परेको खबर प्रहरीकै केहि तल्लो दर्जाका कर्मचारीले सुनाए । मोटिभ न्यूजका सोभराज बराल र नेपाल प्रेसबाट विश्वमणी सुबेदी पक्राउ पर्नु भएको रहेछ । नयाँ पत्रिकामा पनि टोली पुगेको रहेछ ।
म प्रहरी नियन्त्रणमा पुगेको झन्डै साढे २ घण्टापछि मोटिभ न्यूजका सोभराज बराल जीसँग भेट गराइयो । उहाँलाई पिल्लर नम्बर २ मा राखिएको रहेछ । त्यहा पुनः केहिबेर केरकार गरियो । र, मोवाइल जफत गरियो । र, झन्डै ६ बजे नेपाल प्रेसका पत्रकारका विश्वमणी दाइसँग पनि भेट भयो । त्यसपछि जिल्ला प्रहरी परिसर लैजाने तयारी सुरु भयो । झन्डै ४०÷४५ मिनेटको अलमलपछि हामीलाई परिसर होइन, साइबर ब्यूरो लगियो । त्यहाँबाट झन्डै आधा घण्टापछि छाडियो ।
झन्डै ६ घण्टा नियन्त्रणमा राखेपछि हामीलाई छाडियो । अब प्रश्न उठ्छ । कुनै अपराध नै गरेको भए, नियन्त्रणमा राखेको ६ घण्टामै किन छाडियो रु होइन भने बिना उजुरी बिना पक्राउ पुर्जी नक्कली घटना बनाएर किन कार्यलयमा तलारियो रु अरु साथीहरुलाई समाचार कक्षबाटै किन उठाइयो रु यो प्रश्नको जवाफ सरकारले अझै विशेष गरी प्रहरी प्रमुख दानबहादुर कार्कीले दिनैपर्छ । किनकी जसले जे अरायो त्यहि गर्ने ढोके होइनन आइजीपी । उनी देशको सुरक्षा संगठनको कमाण्डर हुन् । कसैले गतल दबाब दिएको छ भने त्यसलाई रोक्न सक्ने ल्याकत राख्ने अधिकारी हुन् । त्यसैले नायाजय दबाब दिएको हो भने प्रष्ट भन्नु पर्यो होइन भने थाहा छैन भनेर पन्छिन पाइदैन । उनलाई हटाउनलागि रचिएको षड्यन्त्र हो वा उनकै छट्पटि त्यो समय क्रमसँगै खुल्ला तर जे भयो त्यसले सरकारको अनुहार धब्बा लगाइदिएको छ, आइजीपीको नियतमाथि नै प्रश्न उठाएको छ ।
र, सरकार प्रमुखको हैसियतले प्रधामान्त्री बालेन शाहले पनि यो घटनाको यथार्थ के हो प्रष्ट पार्नुपर्छ । छानविन हुनैपर्छ । किनकी हामी छुट्दै गर्दा एकजना इन्स्पेक्टरले प्रष्ट रुपमा भनेका थिए– यो आइजीपीभन्दा माथिको आदेश हो भनेर बुझिदिनु पर्यो भनेर । स्वयम प्रहरी प्रवक्त आफैले सुरुमा सार्वजनिक गरेर पछि डिलिट गरेको यो म्यासेजमा पनि भनेका छन्– प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै प्रहरीले यस्तो कदम लिएको हो ।
यो घटनाको यथार्य के हो रु म प्रहरी नियन्त्रणमा पुगेको वा पत्रकार भएकोले मात्रै गरिरहेको छैन्, बिना उजुरी बिना पक्राउ पुर्जी कसैलाई पक्राउ गर्न पाइदैन भन्ने कुरा हाम्रो कानुनले ग्यारेन्टी गरेको छ । यसैगरी आम नागरिकलाई नक्कली घटना बनाउने, बोलाउने र थुन्दै जाने हो भने देश कहाँ पुग्ला रु संविधान र लोकतन्त्र हालत के होला रु मुल प्रश्न यो हो । किनकी संविधान भन्दामाथि र लोकतन्त्रभन्दा ठूलो यो देशमा कोही हुँनै सक्दैन् । जुन कुरा शनिबारको पार्टीको सचिवालय बैठक सकेर बाहिरिदै गर्दा रास्वपा सभापति रवि लामिछानेले पनि भनेका छन् । यसर्थ हामी सत्ता सञ्चालक दल रास्वपाले यसको दोषीमाथि कारबाहीका लागि भूमिका खेल्नेछ ।
- ६ घण्टा प्रहरी नियन्त्रणमा रहेका डीएनएका सम्पादक धिरज बस्नेतको अनुभुति र टिप्पणी
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया