०५ भदौ २०८२
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समग्र प्रणाली र अर्थतन्त्रको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्। बिहीबार काठमाडौँको थापागाउँमा रहेको ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले ठूला राजनीतिक दलहरूले देशको प्रणालीलाई जिम्मेवार रूपमा अघि बढाउन नसकेको टिप्पणी गरिन्।
कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले भनिन्, खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउको टेकिरहेको छ। आयातमा आधारित भन्सारले अर्थतन्त्र धानेको छ, व्यापार घाटा बढ्दो छ, वैदेशिक ऋण चुलिएको छ, र राष्ट्रिय पूँजीको विकास हुन सकेको छैन — यो अत्यन्त दुखद अवस्था हो।
उनले सत्तामा रहेका दलहरू सिमित व्यक्तिका पदलिप्सा र स्वार्थमा केन्द्रित भएको आरोप लगाउँदै पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको उल्लेख गरिन्।
एउटा राजनीतिक प्रणालीलाई जसरी अघि बढाउनुपर्छ, त्यसरी अघि बढाउन सकेका छैनन्,ू भन्दै उनले सबै दलहरूलाई समेटेर आलोचना गरिन्। उनले थप भनिन्, म एउटा दलको मात्र कुरा गर्दिन। मैले बोलेपछि एमालेप्रति मात्रै आलोचना भयो भन्ने बुझिन्छ होला, तर एमाले पनि अग्रज र प्रगतिशील राष्ट्रवादी पार्टी भएकाले उसले अझै जिम्मेवारीपूर्वक सोच्नुपर्छ।
भण्डारीले युवाहरूमा बढ्दो निराशा, रोजगारीको अभाव, र मधेसमा आधारभूत सेवा–सुविधा पुर्याउन नसकेको अवस्थालाई गम्भीर चुनौतीका रूपमा औँल्याइन्।
कुरा त धेरै हुन्छन्, तर कुराले मात्र काम बन्दैन — यथार्थमा परिणाम देखिनुपर्छ, भन्दै उनले उद्योगधन्दा किन सञ्चालनमा आउन नसकेको प्रश्न पनि उठाइन्।
उनको भनाइमा, दलहरूले अब वास्तविक समस्यालाई चिर्दै जनताको भरोसा कायम राख्ने दिशामा काम गर्नुपर्छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया