०५ फागुन २०८१
काठमाडौं- नेपालमा अनुचित लेनदेनको घटना अत्यासलाग्दो अवस्थामा रहेको तथ्यांकले देखाएको छ। सोमबार गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर २० हजारभन्दा बढी अनुचित लेनदेन (मिटर ब्याज) का उजुरी परेको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु अहिले पनि रहेको बताए। उनले उजुरीहरुलाई फस्र्यौट गर्ने कुरामा मन्त्रायले तिब्रताका साथ कम गरिरहेको बताए।
त्यस्तै सहकारी ठगीका मुद्दा आर्थिक वर्ष ०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताए। उनले ४३ जना पक्राउ पर्नुका साथै ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको बताए।
सहकारी सम्बन्धी मुद्दामा ३५० जना मानिस फरार रहेको बताए। मन्त्रालयले बेरुजु फस्र्यौटलाई शून्य बनाउन काम गरिरहेको बताए। उनले भने, ‘०७९/०८० मा ११ अर्ब बिगो दाबी गरेर ९३ वटा मुद्दा विभिन्न जिल्लामा सहकारी ठगीका छन्।
२०८ जना पक्राउ परेका थिए भने ५५३ जना फरार थिए। ०८०/८१ मा पनि १०१ मुद्दा दर्ता भएका छन्। २९४ जना मानिस पक्राउ परेका छन्। ८७० भन्दा बढीप्रति अभियोजना गरिएको छ। ११ अर्ब ६८ करोड भन्दा बढी रकम माग दाबी गरिएको छ। ०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा मुद्दा दर्ता भएका छन्। ४३ जना पक्राउ परेका छन्। ३५० जना मानिस फरार छन्। ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको छ।’
उनले सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, साइबर अपराधका घटनाहरु अत्यधिक बढेको र सरकारले नियन्त्रणका लागि काम गरिरहेको बताए।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया