०७ भदौ २०८२
काठमाडौं – निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै दोस्रो चरणको चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति जारी गर्दै भदौ ८, ९, ११ र १२ गते विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् ।
शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित शिक्षा विधेयकका कतिपय प्रावधान निजी विद्यालयको हितविपरीत रहेको भन्दै सञ्चालकहरूले पहिलो चरणको आन्दोलन सम्पन्न गरेका थिए । शनिवार बसेको संयुक्त बैठकले थप सशक्त आन्दोलनको खाका तय गरेको हो ।
आन्दोलनअन्तर्गत भदौ ८ गते आन्तरिक तयारी र जुम बैठक, ९ गते केन्द्र र प्रदेशमा प्रदर्शन, ११ गते जिल्ला सदरमुकाम र उपत्यकामा अन्तरक्रिया, र १२ गते सिडिओ कार्यालयअगाडि कोणसभा र विद्यालय बन्दको अल्टिमेटमसहित जानकारीपत्र बुझाउने कार्यक्रम छन् ।
निजी विद्यालयहरूले पाँचबुँदे माग अघि सारेका छन्, जसमा कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउन, पूर्ण छात्रवृत्ति शब्द खारेज गर्न, पोशाक, पाठ्यपुस्तकजस्ता सामग्री उपलब्ध गराउने प्रावधान हटाउन, छात्रवृत्ति वितरणको अधिकार विद्यालयलाई दिन र विभेदकारी छात्रवृत्ति नियम खारेज गर्न माग गरिएको छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया