०९ असार २०८३
काठमाडौं- चप्पल पड्काउदै काठमाडौं छिरेको एउटा सुकुम्बासी नेता कसरी अर्बौको मालिक बन्यो खरदारको जागिरबाट राजनीतिमा हामफाल्दै कसरी राजर्षी ठाट देखाउने हैसियतको भयो ? सोमबार पक्राउ परेका एमालेका उपाध्यक्ष विष्णु पौडेलका विषयमा उठेको सवाल हो यो । जो कुनै समय सरकारी सेवामा थिए र खरदारको रूपमा काम गरेका थिए । तर, राजनीतिमा छिरेको ३५ वर्षमै यीनले यति सम्पत्ति आर्जन गरे की जुन आफैले लुकाउन नसकेपछि अरुलाई प्रयोग गरे । दलालदेखि बिचौलियासम्मका प्रिय बनेका यीनी ३० वर्षदेखि पटक पटक मन्त्री हुँदै आएका थिए । ५ पटक त अर्थमन्त्रालय नै हाकेका थिए ।
सोमबार सुर्खेतबाट पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री हुँदा बिचौलिया पोस्ने र तिनैबाट अकुत आर्जन गर्ने गरेको पाइएको छ । करोडौँको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेरै अनुसन्धान अघि बढाएको छ । पौडेलमाथि राज्यसंयन्त्रमा रहँदा विभिन्न व्यापारिक र स्वार्थ समूहको हित हुनेगरी काम गरेको र त्यसपछि विभिन्न ढंगबाट लाभ लिएको आरोप छ ।
अनुसन्धानका क्रममा बिचौलिया दीपक भट्टसँग पौडेलको अदृश्य व्यावसायिक साझेदारी देखिएको छ भने उनीहरूबीच ३० करोडभन्दा धेरैको कारोबार भेटिएको विभाग स्रोतले जनाएको छ । भट्ट सम्पत्ति शुद्धीकरण मुद्दामा यसअघि नै अभियोग दायर भई जेल चलान भइसकेका छन् । पौडेलले सत्तामा हुँदा भट्टलगायतका व्यावसायीलाई हित पुग्नेगरी केही नीतिगत निर्णय र केही दबाब दिएर काम गराएका थिए । त्यसबापत आर्थिक लाभ लिने गरेका थिए । यसरी आर्थिक सम्पत्तिबाट विश्वासिला सामान्य व्यक्तिको नाममा जग्गा तथा सेयर खरिद गरी सम्पत्ति लुकाउने प्रयाससमेत गरेको केही प्रमाण पनि विभागले फेला पारेको छ । ती सम्पत्तिको वास्तविक स्वामित्व र स्रोतबारे अनुसन्धान जारी छ । अनुसन्धानका क्रममा विभागले पौडेलको भैँसेपाटीस्थित निवासमा छापासमेत मारेका थिए ।
५ पटक अर्थमन्त्री भइसकेका पौडेलले नीतिगत निर्णयमार्फत आर्जन गरेको पैसा अरु कसैको नाममा सम्पति खरिद गर्न प्रयोग गरेको देखिन्छ। साथै उनले भट्टलाई लाभ हुने गरी विभिन्न ‘डिल’ गराएको पनि फेला परेको छ। विभिन्न कालखण्डमा गरिएका निर्णय र ‘डिल’बाट भट्टलाई लाभ पु¥याउँदै पौडेलले आफूलाई प्राप्त पैसाबाट गाइपालक किसानका नाममा जग्गा जमिन खरिद गरेको अनुसन्धानका क्रममा भेटिएको छ। ‘बुटवलका एक गाइपालक किसानका नाममा पौडेलले सम्पति जोड्ने काम गरेको देखिन्छ,’ स्रोतले भन्यो।
पौडेलले ‘डिल’ मिलाइदिएबापत ती किसानको नाममा जग्गाजमिन खरिद गरेको देखिएको छ। यी गाइपालक किसानको केही वर्षअघिसम्म सम्पत्ति देखिँदैन। जब पौडेल सरकारमा पुगे, त्यसपछि उनको आर्थिक उदय ह्वात्तै बढेको देखिन्छ। आर्जन गरिएको सम्पतिमा पौडेलको प्रत्यक्ष स्वामित्व देखिँदैन। तर नियन्त्रण र लाभ भने पौडेलले लिएको देखिन्छ। सम्पति शुद्धीकरणको भाषामा यसलाई ‘इन्डाइरेक्ट बेनिफिसियल ओनरसिप’ अर्थात ‘अप्रत्यक्ष वास्तविक धनी’ भनिन्छ। पौडेलको सहयोगमा उदाएका केही व्यवसायीलाई पछि दबाब दिएर भट्टका नाममा सेयर हस्तान्तरण गर्न लगाएको पनि पाइएको छ। कतिसम्म भने ठूलठूला कम्पनीदेखि मध्यमस्तरका होटलसम्मलाई दबाब दिएर पौडेलले भट्टलाई सेयर दिलाएको र त्यसको नाफा आफूले लिएर कुटुकुटु खाने गरेको पाइएको छ ।
भट्ट र पौडेलको निकट सम्बन्ध पुष्टी हुने थुप्रै कागजपत्र र तस्बिरसमेत फेला परेका छन्। एक पटक हेर्नुहोस । जहाँ दिपक भट्टलाई सँगै राखेर एमाले उपाध्यक्ष विष्णु पौडेल मात्रै होइन, एमाले अध्यक्ष केपी शर्मा ओली, तत्कालिन माओवादी नेता जनार्दन शर्मा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिन्छन् । यो ९ वर्षअघि एमाले र माओवादीबीच एकता हुँदाको तस्विर हो । सरकार बनाउने र ढाल्ने सम्झौता गर्दा भट्ट प्रत्यक्षरुपमा संलग्न भएको देखिन्छ । यीनै भट्टका लागि काम गर्ने खास राजनीतिक पात्र हुन विष्णु पौडेल ।
केपी ओली नेतृत्वको सरकारमा गत वर्ष पौडेल अर्थमन्त्री थिए । योसहित उनी पाँचपटक अर्थमन्त्री भइसकेका छन् । अर्थमन्त्रीका रूपमा उनले बिचौलिया भट्टकै इसारामा नियामक निकायहरू चलाएको र त्यसबापत लाभ लिएको विभागको छानबिनमा भेटिएको छ । त्यस्तै, तीनपटक अन्य मन्त्रालयको नेतृत्व गरेका थिए ।
पौडेल नेपालमा आठ पटक मन्त्री भएका व्यक्ति हुन् । पाँचपटक अर्थमन्त्री भएर अर्थतन्त्रको बागडोर नै सम्हालेका थिए । उनी तीनपटक उपप्रधानसहितको मन्त्री बनेका थिए । संघीय संसद् सचिवालयको विवरण अनुसार पौडेल २०५३ साल चैतमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री भएका थिए । २०६५ साल भदौमा जलस्रोत मन्त्री बनेका थिए । २०६७ साल चैतमा रक्षामन्त्री भएका उनी २०७२ कात्तिकमा पहिलो पटक अर्थमन्त्री बने । २०७७ असोजमा दोस्रो पटक अर्थमन्त्री भए । त्यसपछि २०७८ जेठ, २०७९ पुस र २०८१ असारमा उपप्रधानसहित अर्थमन्त्री भए । २०८१ साल भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा पौडेल अर्थमन्त्री थिए । जेनजी आन्दोलनले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको गत २१ फागुन २०८२ को चुनावमा पौडेल रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भए । योसँगै उनको संसदबाट बाहिर छन् ।
नेता पौडेल यसअघि बालुवाटार जग्गा प्रकरणमा पनि मुछिएका थिए । छोरा नवीनको नाममा ललिता–निवासपरिसरमा चार आना जग्गा रहेको पाइएको थियो । पछि सो जग्गा फिर्ता गरेपछि अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको थियो । सत्ता शक्तिको दुरुपयोग गर्दै अकुत कमाउने र विभिन्न ब्यक्तिको नाममा सम्पत्ति लुकाउने यीनी अन्ततः सम्पत्ति शुद्धिकरणको पञ्जामा परेका छन् ।
५ दिनभित्र होल्डिङ सेन्टर छाडेर आफ्नो व्यवस्था आफैँ गर्न सुकुमबासीलाई निर्देशन
कसैलाई पनि उम्मेदवारीबाट वञ्चित गराइँदैन : रवि लामिछाने
बातै पिच्छे राजेन्द्र लिङ्देनलाई लखेट्दै ज्ञानेन्द्र,रास्वपाको भोटमा र्याल नचुहाउन दिए चेतावनी
पार्किङ स्थलबाटै तेल ट्यांकर गायव बनाएर लुट, निगमको सेटिङमै चोरियो हजारौं लिटर पेट्रोल
सुकुम्बासी नेता विष्णु पौडेलको भेटियो अर्बौको सम्पत्ति, ३० वर्षमा ८ पटक मन्त्री
रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने
आरजुसहित २० कर्मचारीविरुद्ध मुद्दा चलाउदै अख्तियार , यसरी भएको थियो पासपोर्ट ठेक्कामा अर्ब घोटाला
भाग नपाएपछि अमरेशले बहिष्कार गरे महाधिवेशन,मागेका थिए उपसभापति वा महामन्त्री पद
११ महिनामै ३८ अर्बको धानचामल आयात
रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि
प्रतिक्रिया