२४ माघ २०८१
काठमाडौं- 'ओलीले दुई मुटु एक धड्कन भएर काम गरौँ भन्नुभएको छ त्यसैले अब अब एमालेमा प्रवेश गर्ने र ओलीसँगै हात मिलाएर नाच्ने हो ।' भन्डै २ साता अघि एमाले प्रवेश गर्ने करिव पक्का पक्की भएको खबर बाहिर आएपछि हौसिएका वामदेव गौतमले दिएको अभिव्यक्ति हो यो । तर, उनले यस्तो अभिव्यक्ति दिएको २ दिनपछि नै एमालेले उनलाई हिस्स बनायो । अर्थात सहकार्य गरौला तर पार्टीमा प्रवेश गराउन सक्दैनौ भन्ने सन्देश पठायो ।
अब एमालेमा प्रवेश गर्ने र ओलीसँगै हात मिलाएर नाच्ने भन्दै फुर्किएका वामदेव ओलीले नै हात छाडेपछि के सोच्दैछन् ? एमालेले मात्रै होइन एमालेबाटै फुटेर बनेको एकिकृत समाजवादीले पनि नपत्याएपछि वामदेव के गर्दैछन् ? आफ्ना पुराना हितैषी माधव कुमार नेपाल र केपी शर्मा ओलीले पालै पालो उचालेर पछारे पछि रन्थनिएका वामदेवले अब के गर्लान् ? यो प्रश्नको जवाफ खोज्नु अगाडी झन्डै २ साता अघि बीबीसी नेपाली सेवालाई वामदेवले दिएको अन्तवार्ता सुन्नुपर्छ ।
एमाले प्रवेश गर्ने करिब पक्का पक्की भएको खबर बाहिर आएपछि बीबीसीले लिएको यो अन्तवार्तामा वामदेवले एकैपटक चार पाँच वटा पार्टीसँग छलफल अघि बढाएको खुलासा गरेका थिए । जहाँ राम्रो स्पेश पाइन्छ त्यहि, जसले पत्याउँछ त्यहि जान्छु झै गरेका वामदेवालाई विडम्वना, पुरानो घर एमाले र त्यहि घरबाट फुटेको एकिकृत समाजवादी दुबैले निषेध गरेका छन् ।
दुबैले नपत्याएपछि अब घर न घाटको अवस्थामा पुगेका उनले नयाँ दलको साहारा खोज्ने सम्भावना बलियो बनेको छ। के उनले बीबीसीसँग भनेजस्तै २ दलले नपत्याएपछि बाँकी रहेका ३ दल त्यसमा पनि नयाँ दल रास्वपा प्रवेश गर्न खोज्दैछन् ? की अरु नै केहि सोच्दै छन् ? ओली र माधवबाट एकैसाथ धोखा पाएका वामदेव आखिर के गर्दैछन् ?
वामदेवका लवजहरु सुन्दा जो कोहीले सहजै अनुमान गर्न सक्छ, उनी आफ्ना पूर्व सहकर्मीहरुको गतिविधिबाट निकै निराश भएका छन् । सहकार्य भनेर पार्टीमा निषेध गरेकामा आक्रोशित छन् । उनी अलमल र अन्योलमा छन् । अब के गर्ने भन्ने बाटो भेटिरहेका छैनन् ।
तर, उनले प्रष्ट रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको अवस्थामा सहजै जान सक्ने संकेत गरेका छन् । उनी रवि लामिछाने वा उनका पार्टीका जिम्मेवार नेताहरुको फोन कुरेर बसिरहेका छन् । बोलाउना साथ छलफलमा बस्ने मुड बनाएका छन् । पुराना भन्दा नयाँ पार्टीसँग ज्यादा आश गरेका वामदेवले केहि दिन अघि मात्रै प्रचण्डकै कारण आफ्नो राजनीति जीवन नै धरापमा परेको अभिब्यीक्त दिएर माओवादी केन्द्र नजाने संकेत गरिसकेका छन् ।
जिन्दगी भर कम्युनिष्ट बन्न छाड्दिन भनेका उनी कसरी रास्वपामा अटाउलान् ? के रास्वले उनलाई भित्राउने विषयमा कुनै छलफल गरेको छ ? कुनै वार्ता संवाद भएको छ ? रास्वपाका कार्यवहाक सभापति डीपी अर्यालका अनुसार वामदेवसँग यस विषयमा औपचारिक रुपमा कुनै छलफल नै भएको छैन् । वामदेवलाई पार्टीमा प्रवेश गराउने विषयमा कोही केन्द्रिय सदस्यहरुसँग ब्यक्तिगत रुपमा कुराकानी भएको भए आफूलाई जानकारी नभएको उनले डीएनए खबरलाई बताए ।
रास्वपासँग औपचारिक संवाद नभए पनि वामदेवले अफर आएको अवस्थामा रास्वपा जान सक्ने संकेत गरेका छन् । तर, अस्थिर चञ्चले स्वभावका वामदेवलाई रास्वपाले स्विकार गर्ला की नगर्ला ? नयाँ राजनीतिक दलका रुपमा उदाएको रास्वपाले पुराना कम्युनिष्ट नेता वामदेवका विषयमा के धारणा बनाउला ? यो औपचारिक छलफल अघि बढेपछि खुल्ला नै । तर, आफ्नै पूर्व सहकर्मी केपी शर्मा ओली र माधव कुमार नेपालबाट धोखा पाएको महशुस गरेका वामदेव यतिखेर के गर्ने के नगर्ने भन्ने अन्योल र अलमलमा देखिन्छन् ।
अस्थिर र ढुलमुले स्वभावले धरापमा वामदेव
वामदेव गौतम जसको विगत जति चम्किलो थियो, वर्तमान त्यति नै धमिलो बनेको छ । उनी आफ्नै सहकर्मीबाट लत्याएका छन् । साना दलहरु तिर गुँड सार्ने गरि नेताहरुको दैलो चाहार्नु पर्ने अवस्थामा पुगेका छन् । यो अवस्थामा पुग्नु पछाडी उनकै स्वभाव र गतिविधि जिम्मेवार भएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । उनकै ढुलमुले स्वभावका कारण एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपा विभाजित भएको थियो । तत्कालिन नेकपामा सचिवालय सदस्य रहेका वामदेव निर्णायक भूमिकामा थिए । र, त्यसको भरपुर दुरुपयोग गरिरहन्थे ।
कहिले प्रचण्डलाई भेटेर पार्टी कब्जा गर्नुपर्छ, मेरो तपाईलाई पुरा सहयोग हुन्छ भन्थे । कहिले ओलीलाई भेटेर म त तपाईसितै छु कमरेड भन्थे । वास्तवमा उनकै कारणले नेकपा विभाजन भएको एमाले–माओवादी दुवैतर्फका नेताहरुले बताउने गर्छन् । पार्टी विभाजनमा उनको जति सक्रियता कसैको थिएन । जुन कुरा वामदेव आफैले स्विकार गर्दै भनेका छन्– एउटा शक्तिशाली दुई तिहाइ बहुमत भएको कम्युनिष्ट पार्टी विभाजनमा आफू नै मुख्य जिम्मेवार म नै हुँ ।
एमालेको उपाध्यक्षसम्म पुगेर मुलुकको उप प्रधानमन्त्रीसम्म भएका गौतम आफैं परिचालित हुन नसक्ने नेताको रुपमा पनि चिनिन्छन् । उनलाई एमालेका नेताहरु माधव नेपाल र केपी ओलीले विगतमा आफ्नो स्वार्थ अनुकूल प्रयाप्त प्रयोग गरेका थिए । कुनै बेला वामदेव एमालेमा निर्णायक हैसियत राख्थे । हक्की स्वभाव र कमाण्डिङ्ग शैलीले पार्टीमा उनलाई नेता मान्नेहरु प्रशस्तै थिए । २०५४ मा नेपालगञ्जमा भएको एमालेको छैंटौ महाधिवेशनमा महाकाली सन्धिको विवादले उग्र रुप लिएपछि पार्टी नै विभाजित भएको थियो ।
विभाजनको नेतृत्व उनै गौतमले गरेका थिए । महाकाली सन्धिको विरुद्ध देशभक्तिको झण्डा उठाएको बताउने गौतमको पक्षमा सहाना प्रधान, सीपी मैनाली, राधाकृष्ण मैनाली लगायत प्रभावशाली नेताहरुले उनलाई साथ दिएका थिए । वाम आन्दोलन खासगरी एमालेको बिस्तारमा उनले जीवन समर्पण गरे तर उनी आफै मूल नेतृत्वमा पुग्ने त परको कुरा मलाई पार्टीमा बस्ने सानो ठाउँ देउ न भनेर केपी ओली र माधव नेपालसँग गिडगिडाउदा समेत उनले ठाउँ पाएका छैनन् ।
राजनीतिमा उनको हक्की र निडर व्यक्तित्वलाई ढुलमुले स्वभाव र पदलोलुप प्रवृत्तिले आज घर न घाटको अवस्थामा पुर्याएको छ । बाघ झै उदाएका वामदेव आज यहि कारण मुर्झाउएका छन् । राजनीतिक जीवन कै गम्भीर संकट झेलिरहेका छन् ।
काठमाडौंमा मतदान गरेर सर्लाही पुगे गगन
ओलीले भने- फागुन २१ मैले दुई पटक पुनर्जीवन पाएको दिन हो
काठमाडौँमा १२ बजेसम्म २५ प्रतिशत मत खस्यो
ओली र बालेनलगायत उम्मेदवार रहेको झापामा शान्तिपूर्ण मतदान
अनुमति नलिई चढेपछि बालेनको हेलिकप्टर फर्काइएको खुलासा
दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति
ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयले गरे मतदान बहिष्कार
सर्लाहीको बलरा-४ स्थित एक केन्द्रमा विवाद, मतदान रोकियो
चितवनमा भोट खसालेपछि हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड
होर्मुजको घाँटी हुँदै जाने जहाजमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया