Search Form Always Available
logo.png शनिबार, २८ असार २०८२

चर्चामा:

अप्रिलमा पर्यटकको ओइरो, भित्रिए एक लाख १६ हजार विदेशी

बलियो सरकारको हलुका नीति तथा कार्यक्रम, यस्ता छन् मुख्य ११ बुँदा

राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, किन गरियो स्ट्याण्डर्ड चार्टर्डलाई पौने १५ करोड जरिवाना ?

कुलमानका कमजोरी औल्याउँदै हितेन्द्रले जारी गरे स्वेतपत्र, सम्पत्तिको गलत तथ्यांक दिइएको आरोप

अब बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने

बालयौन दुरुपयोगमा दोषी ठहर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

कीर्गिस्तानविरुद्ध नेपालको संघर्षपूर्ण जित

३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता

ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट

ओलीको धोखापछि रविको शरणमा वामदेव, रास्वपा प्रवेश गर्न उचाले खुट्टा, के भन्छ रास्वपा ?

डीएनए खबर

डीएनए खबर

२४ माघ २०८१

काठमाडौं- 'ओलीले दुई मुटु एक धड्कन भएर काम गरौँ भन्नुभएको छ त्यसैले अब अब एमालेमा प्रवेश गर्ने र ओलीसँगै हात मिलाएर नाच्ने हो ।' भन्डै २ साता अघि एमाले प्रवेश गर्ने करिव पक्का पक्की भएको खबर बाहिर आएपछि हौसिएका वामदेव गौतमले दिएको अभिव्यक्ति हो यो । तर, उनले यस्तो अभिव्यक्ति दिएको २ दिनपछि नै एमालेले उनलाई हिस्स बनायो । अर्थात सहकार्य गरौला तर पार्टीमा प्रवेश गराउन सक्दैनौ भन्ने सन्देश पठायो । 

अब एमालेमा प्रवेश गर्ने र ओलीसँगै हात मिलाएर नाच्ने भन्दै फुर्किएका वामदेव ओलीले नै हात छाडेपछि के सोच्दैछन् ? एमालेले मात्रै होइन एमालेबाटै फुटेर बनेको एकिकृत समाजवादीले पनि नपत्याएपछि वामदेव के गर्दैछन् ?  आफ्ना पुराना हितैषी माधव कुमार नेपाल र केपी शर्मा ओलीले पालै पालो उचालेर पछारे पछि रन्थनिएका वामदेवले अब के गर्लान् ? यो प्रश्नको जवाफ खोज्नु अगाडी झन्डै २ साता अघि बीबीसी नेपाली सेवालाई वामदेवले दिएको अन्तवार्ता सुन्नुपर्छ । 

एमाले प्रवेश गर्ने करिब पक्का पक्की भएको खबर बाहिर आएपछि बीबीसीले लिएको यो अन्तवार्तामा वामदेवले एकैपटक चार पाँच वटा पार्टीसँग छलफल अघि बढाएको खुलासा गरेका थिए । जहाँ राम्रो स्पेश पाइन्छ त्यहि, जसले पत्याउँछ त्यहि जान्छु झै गरेका वामदेवालाई विडम्वना, पुरानो घर एमाले र त्यहि घरबाट फुटेको एकिकृत समाजवादी दुबैले निषेध गरेका छन् ।

दुबैले नपत्याएपछि अब घर न घाटको अवस्थामा पुगेका उनले नयाँ दलको साहारा खोज्ने सम्भावना बलियो बनेको छ। के उनले बीबीसीसँग भनेजस्तै २ दलले नपत्याएपछि बाँकी रहेका ३ दल त्यसमा पनि नयाँ दल रास्वपा प्रवेश गर्न खोज्दैछन् ? की अरु नै केहि सोच्दै छन् ? ओली र माधवबाट एकैसाथ धोखा पाएका वामदेव आखिर के गर्दैछन् ?

वामदेवका लवजहरु सुन्दा जो कोहीले सहजै अनुमान गर्न सक्छ, उनी आफ्ना पूर्व सहकर्मीहरुको गतिविधिबाट निकै निराश भएका छन् । सहकार्य भनेर पार्टीमा निषेध गरेकामा आक्रोशित छन् । उनी अलमल र अन्योलमा छन् । अब के गर्ने भन्ने बाटो भेटिरहेका छैनन् ।  

तर, उनले प्रष्ट रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको अवस्थामा सहजै जान सक्ने संकेत गरेका छन् । उनी रवि लामिछाने वा उनका पार्टीका जिम्मेवार नेताहरुको फोन कुरेर बसिरहेका छन् । बोलाउना साथ छलफलमा बस्ने मुड बनाएका छन् । पुराना भन्दा नयाँ पार्टीसँग ज्यादा आश गरेका वामदेवले केहि दिन अघि मात्रै प्रचण्डकै कारण आफ्नो राजनीति जीवन नै धरापमा परेको अभिब्यीक्त दिएर माओवादी केन्द्र नजाने संकेत गरिसकेका छन् । 

जिन्दगी भर कम्युनिष्ट बन्न छाड्दिन भनेका उनी कसरी रास्वपामा अटाउलान् ? के रास्वले उनलाई भित्राउने विषयमा कुनै छलफल गरेको छ ? कुनै वार्ता संवाद भएको छ  ? रास्वपाका कार्यवहाक सभापति डीपी अर्यालका अनुसार वामदेवसँग यस विषयमा औपचारिक रुपमा कुनै छलफल नै भएको छैन् । वामदेवलाई पार्टीमा प्रवेश गराउने विषयमा कोही केन्द्रिय सदस्यहरुसँग ब्यक्तिगत रुपमा कुराकानी भएको भए आफूलाई जानकारी नभएको उनले डीएनए खबरलाई बताए । 

रास्वपासँग औपचारिक संवाद नभए पनि वामदेवले अफर आएको अवस्थामा रास्वपा जान सक्ने संकेत गरेका छन् । तर, अस्थिर चञ्चले स्वभावका वामदेवलाई रास्वपाले स्विकार गर्ला की नगर्ला ? नयाँ राजनीतिक दलका रुपमा उदाएको रास्वपाले पुराना कम्युनिष्ट नेता वामदेवका विषयमा के धारणा बनाउला ? यो औपचारिक छलफल अघि बढेपछि खुल्ला नै । तर, आफ्नै पूर्व सहकर्मी केपी शर्मा ओली र माधव कुमार नेपालबाट धोखा पाएको महशुस गरेका वामदेव यतिखेर के गर्ने के नगर्ने भन्ने अन्योल र अलमलमा देखिन्छन् । 

अस्थिर र ढुलमुले स्वभावले धरापमा वामदेव 

वामदेव गौतम जसको विगत जति चम्किलो थियो, वर्तमान त्यति नै धमिलो बनेको छ । उनी आफ्नै सहकर्मीबाट लत्याएका छन् । साना दलहरु तिर गुँड सार्ने गरि नेताहरुको दैलो चाहार्नु पर्ने अवस्थामा पुगेका छन् । यो अवस्थामा पुग्नु पछाडी उनकै स्वभाव र गतिविधि जिम्मेवार भएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । उनकै ढुलमुले स्वभावका कारण एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपा विभाजित भएको थियो । तत्कालिन नेकपामा सचिवालय सदस्य रहेका वामदेव निर्णायक भूमिकामा थिए । र, त्यसको भरपुर दुरुपयोग गरिरहन्थे ।

कहिले प्रचण्डलाई भेटेर पार्टी कब्जा गर्नुपर्छ, मेरो तपाईलाई पुरा सहयोग हुन्छ भन्थे । कहिले ओलीलाई भेटेर म त तपाईसितै छु कमरेड भन्थे । वास्तवमा उनकै कारणले नेकपा विभाजन भएको एमाले–माओवादी दुवैतर्फका नेताहरुले बताउने गर्छन् । पार्टी विभाजनमा उनको जति सक्रियता कसैको थिएन । जुन कुरा वामदेव आफैले स्विकार गर्दै भनेका छन्– एउटा शक्तिशाली दुई तिहाइ बहुमत भएको कम्युनिष्ट पार्टी विभाजनमा आफू नै मुख्य जिम्मेवार म नै हुँ । 

एमालेको उपाध्यक्षसम्म पुगेर मुलुकको उप प्रधानमन्त्रीसम्म भएका गौतम आफैं परिचालित हुन नसक्ने नेताको रुपमा पनि चिनिन्छन् । उनलाई एमालेका नेताहरु माधव नेपाल र केपी ओलीले विगतमा आफ्नो स्वार्थ अनुकूल प्रयाप्त प्रयोग गरेका थिए । कुनै बेला वामदेव एमालेमा निर्णायक हैसियत राख्थे । हक्की स्वभाव र कमाण्डिङ्ग शैलीले पार्टीमा उनलाई नेता मान्नेहरु प्रशस्तै थिए । २०५४ मा नेपालगञ्जमा भएको एमालेको छैंटौ महाधिवेशनमा महाकाली सन्धिको विवादले उग्र रुप लिएपछि पार्टी नै विभाजित भएको थियो ।

विभाजनको नेतृत्व उनै गौतमले गरेका थिए । महाकाली सन्धिको विरुद्ध देशभक्तिको झण्डा उठाएको बताउने गौतमको पक्षमा सहाना प्रधान, सीपी मैनाली, राधाकृष्ण मैनाली लगायत प्रभावशाली नेताहरुले उनलाई साथ दिएका थिए । वाम आन्दोलन खासगरी एमालेको बिस्तारमा उनले जीवन समर्पण गरे तर उनी आफै मूल नेतृत्वमा पुग्ने त परको कुरा मलाई पार्टीमा बस्ने सानो ठाउँ देउ न भनेर केपी ओली र माधव नेपालसँग गिडगिडाउदा समेत उनले ठाउँ पाएका छैनन् ।  

राजनीतिमा उनको हक्की र निडर व्यक्तित्वलाई ढुलमुले स्वभाव र पदलोलुप प्रवृत्तिले आज घर न घाटको अवस्थामा पुर्याएको छ । बाघ झै उदाएका वामदेव आज यहि कारण मुर्झाउएका छन् । राजनीतिक जीवन कै गम्भीर संकट झेलिरहेका छन् ।

प्रतिक्रिया

ट्रेन्डिंग

1

अप्रिलमा पर्यटकको ओइरो, भित्रिए एक लाख १६ हजार विदेशी

2

बलियो सरकारको हलुका नीति तथा कार्यक्रम, यस्ता छन् मुख्य ११ बुँदा

3

राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, किन गरियो स्ट्याण्डर्ड चार्टर्डलाई पौने १५ करोड जरिवाना ?

4

कुलमानका कमजोरी औल्याउँदै हितेन्द्रले जारी गरे स्वेतपत्र, सम्पत्तिको गलत तथ्यांक दिइएको आरोप

5

अब बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने

6

बालयौन दुरुपयोगमा दोषी ठहर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

7

कीर्गिस्तानविरुद्ध नेपालको संघर्षपूर्ण जित

8

३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता

9

ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट

10

श्रीमान अष्ट्रेलियामा, श्रीमती हनी ट्रयापिङको धन्दामा, होटल पुगेर १० लाखको बार्गेनिङपछि खुल्यो पोल

थप समाचार

Post Image

गुण्डा नाइके सिध्याउन प्रहरीले निकाल्यो लिस्ट, हतकडीले नसुध्रिए गोली ठोक्ने !

Post Image

अत्यासलाग्दो अनुचित लेनदेन, उजुरीमात्रै २० हजारभन्दा धेरै

Post Image

भारतमा नेपाली छात्राको मृत्यु प्रकरण: अन्य नेपाली विद्यार्थीलाई पनि कलेजले निकाल्यो

Post Image

बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि आइपुग्यो नेपाल

Post Image

सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक, एकै महिनामा दुर्घटनामा परेर १९९ जनाको मृत्यु

Post Image

सर्वोच्चले झिकायो गिरीबन्धुको मिसिल, ओलीलाई भन्यो-अवहेलनामा कारबाही किन नगर्ने ?

Post Image

तुवाँलोले भरियो काठमाडौं, सतर्क रहन अपिल

Post Image

दुई लाख नाघे एक करोडदेखि एक अर्बसम्मका कम्पनी

Post Image

पत्रकारको प्रश्नबाट सूर्य थापा आजित, भन्छन्- मलाई हनुमान, प्रधानमन्त्रीलाई हिटलर भन्ने ?

Post Image

ओलीको उद्घोष- अबको १७ महिना तोप हाने पनि सरकार ढल्दैन

Post Image

उपेन्द्रको बार्गेनिङले रोकियो अध्यादेश, गृहमन्त्री र मुख्यमन्त्री मागेपछि झस्किए ओली देउवा

Post Image

१ लाख १० हजार बचत भएका रविले कहाँबाट ल्याए २ करोड ७९ लाख धरौटी ?

Post Image

५४ लाख धरौटीमा चितवनबाट पनि छुटे रवि, के छ आदेशमा ?

Post Image

अडानीलाई विमानस्थल सुम्पिन कानुन नै परिवर्तन, ओली-देउवा-प्रचण्डबीच एकवर्ष अघि नै सहमती

Post Image

ओलीको धोखापछि रविको शरणमा वामदेव, रास्वपा प्रवेश गर्न उचाले खुट्टा, के भन्छ रास्वपा ?

Post Image

त्रासमा प्रचण्ड : जर्नादनविरुद्ध उत्रिन जारी गरे उर्दी, पूर्व उपराष्ट्रपतिलाई पनि गराए सक्रिय