०३ मंसिर २०८२
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा उनले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरहेको बताएका हुन् ।
उनले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताए । उनले निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए ।
उनले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रिय सभाका सदस्यहरूलाई समेत आग्रह गरे । उनले निर्वाचन सम्पन्न गराउने राष्ट्रिय सभा र संसदीय समितिहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरे ।
मन्त्री खरेलले भने,‘हामी तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाइरहेका छौँ । आज पनि १२३ वटा राजनीतिक दलसँगको मिटिङ सरकारसँग छ । राजनीतिक दलसँग हामी निरन्तर संवादमा छौँ, त्यो वातावरण बनाइरहेको छौँ । सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडी बढाउने काममा हामी अगाडी बढिरहेका छौँ । यसमा महत्त्वपूर्ण रूपमा जोडिएको सम्मानित संसद्, राष्ट्रिय सभा, समितिका माननीय सदस्यज्यु, समितिका सभापतिज्यूहरू सबैलाई म के अनुरोध गर्न चाहन्छु भने चुनाव हुने बाटोमा मुलुकलाई अगाडी बढाउनुपर्छ । नत्र जोखिम धेरै छन्, हामी अगाडी । यो बाटोमा अगाडी बढाउने कुराहरूमा माननीयज्युहरुको, सभापतिको महत्त्वपूर्ण भूमिका हुन्छ ।’
१४ वर्षदेखि अलपत्र कमला पुलको दुदर्शा हेर्न पुगे कुलमान, २० करोड खाएर बनाए अलपत्र
ओली र लेखकलाई कठघराामा उभ्याउँदै आयोग, यहि साता बयान लिने
फागुन २१ को निर्वाचनका लागि यी हुन् अहिलेसम्म दर्ता भएका ४० दल
फागुनमा पनि संसद भवन नबन्ने छाट, सांसद्हरुको हुने भयो सडकमा बास
हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ
अण्डाको भाउ बढ्यो, अवैध आयात रोकिएपछि लागत मूल्य पाइयो : व्यवसायी
करिब पाँच महिनादेखि केरुङ नाका ठप्प– न आए सामान न त उठ्यो राजस्व
बारामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई मानव अधिकार आयाेगकाे निर्देशन
भोलिबाट एन्फा गेटअगाडि ए डिभिजन क्लबहरूले आन्दोलन चर्काउने
सुशीला कार्कीलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न राष्ट्रपति कार्यालय पुगे जेनजी
प्रतिक्रिया