०८ फागुन २०८२
काठमाडौं- नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि आफ्ना प्रतिबद्धतालाई घोषणा मात्र नभई प्रतिज्ञाको रूपमा प्रस्तुत गरेको छ । पार्टीले भनेको छ स् हाम्रो प्रतिज्ञापत्र पाँच वर्षपछि मूल्याङ्कन गरिने परम्परागत दस्तावेज होइन, हरेक महिना जनताले जाँच्न सक्ने रिपोर्ट कार्ड सहितको संकल्प हो ।
यसअघिका दलीय घोषणापत्रहरु नाराका पुलिन्दा मात्रै बनेको, आधा त के एक चौथाई पनि पूरा नभएको भन्दै आलोचित हुने गर्थे । यसपल्ट पनि आशंका गर्ने ठाउँ नभएका होइनन् । २०० पृष्ठको चुनाव घोषणा गरेको कांग्रेसले यी प्रतिज्ञा पूरा गर्छ चाहिँ कसरी रु कार्यान्वयनका आधार के छन् रु पार्टीको दस्तावेजबाट यी पंक्ति उद्धृत गरिएको छ–
हामीले अघि सारेका सुशासन र क्षेत्रगत विकासका लक्ष्य चमत्कारी चुनावी नारा होइनन्, बरू राज्य संरचना र कार्यशैलीमा आमूल परिवर्तनको दृढ निश्चय र कार्यान्वयन हुनसक्ने ठोस योजनाहरू हुन् । प्रतिज्ञापत्रमा हाम्रा जुन प्राथमिकताहरू छन्, ती लामो समयदेखि एचयवभअत न्यखभचलmभलत अभियानका क्रममा हामीले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूसँग गरिएको गहन छलफलबाट आएका हुन् । त्यस अभियानको अनुभव, अनुसन्धान, ठोस तथ्य र उपलब्ध तथ्याङ्क ९भ्खष्मभलअभ(दबकभम बलम म्बतब(मचष्खभल० का आधारमा गम्भीर गृहकार्य सहित तयार परिएको यो विस्तृत कार्ययोजना पनि हो । केवल प्राथमिकतामात्र नतोकी हाम्रा वाचाहरूको कार्यान्वयनका लागि आवश्यक थुप्रै नीतिगत, संस्थागत, संरचनागत र कतिपय संवैधानिक सुधारका विषयलाई समयसीमा सहित प्रस्तुत गरेका छौं ।
यति ठूलो सुधार कुनै एक व्यक्ति, एउटा दल वा संस्था मात्रले गरेर सम्भव छैन । हामी सबैलाई मिलाएर, सबैको सहयोग लिँदै, सबैका चिन्ता र सरोकारको सम्बोधन गर्दै, सबैका विचार र पहिचानको सम्मान गर्दै अगाडि बढ्नेछौं । मुलुकलाई निकास दिन ‘अहिले नै सबै दलहरूसँग सहकार्य गरौं’ भन्ने आग्रह गरिरहेको नेपाली कांग्रेसले आफ्ना सुधारहरूमा सरोकारवाला सबैको अपनत्व सुनिश्चित गर्नेछ । कांग्रेस सबैलाई जोडेर मुलुकलाई निकास दिने भरोसायोग्य राजनीतिक शक्ति हो भन्ने फेरि एकचोटि प्रमाणित गर्नेछौं ।
हामीले प्रतिज्ञापत्रमा गरेका प्रतिबद्धताहरू पुरा गर्नका लागि संविधानमा केही नयाँ बुँदाहरू थप्नुपर्ने छ भने कतिपय ठाउँमा समयसापेक्ष परिमार्जन जरूरी छ । उदाहरणका लागि, सुशासनको खण्डमा हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायहरूमा आमूल परिवर्तन ल्याउने वाचा गरेका छौं । तर संवैधानिक परिषदको अहिलेकै संरचना कायम राखेर त्यसो गर्न सम्भव छैन । त्यस्तै, न्याय परिषदको पुरानै संरचना कायम राखी न्यायालयमा भइरहेको दलीयकरण र अनुचित राजनीतिक हस्तक्षेप रोक्न सकिँदैन ।
त्यसैले प्रतिज्ञापत्रमा समेटिएका विभिन्न क्षेत्रको सुधारका लागि व्यक्त प्रतिबद्धताहरू पुरा गर्न संविधानका कुन कुन व्यवस्थाले कार्यसम्पादनमा अवरोध पुर्याएका छन्, शासकीय विसंगति निम्त्याएका छन् र कसरी सुधार गर्ने भन्नेबारे गम्भीर गृहकार्य गरेर हामीले एउटा सूची नै तयार पारिसकेका छौं ।
यद्यपि, संविधान संशोधन नेपाली कांग्रेस एक्लैले मात्र गर्न सम्भव हुँदैन । यसमा संसदभित्र र बाहिरका सबै राजनीतिक दलहरूको सक्रिय सहभागिता र बृहत्तर राष्ट्रिय सहमति आवश्यक छ । यसका लागि संसद शूरु हुने बित्तिकै त्यहाँभित्रका दलहरूबीच सहकार्यका लागि एउटा अन्तर(दलीय सहकार्य संरचना निर्माण गरिनेछ र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ । त्यो संरचनामा एउटा न्यूनतम समझदारी कायम गरी त्यही समिति मार्फत संसद बाहिरका अन्य धेरै राजनीतिक दलहरू, नागरिक समाज र सरोकारवाला सबैसँग संवाद र सहमति गरेर छिटोभन्दा छिटो संविधान संशोधनको विषयलाई टुङ्ग्याउनेछौं, जसले हाम्रा प्रतिज्ञाहरूको कार्यान्वय सम्भव बनाउनेछ ।
पहिलो वर्षभित्रै संस्थागत सबलीकरण
हाम्रो प्रतिज्ञापत्रमा उल्लेख लोकतन्त्रलाई सुदृढ र जनमुखी बनाउँदै मुलुकको आमूल रुपान्तरण गर्ने प्रतिबद्धताहरू संघीय सरकारको कुनै एउटा निर्णय वा प्रधानमन्त्री एक्लैको इच्छाशक्तिले पनि पुरा गर्न सम्भव छैन । त्यसका लागि राज्यका हरेक संस्था आफैंमा स्वतन्त्र र सबल हुनुपर्छ । तिनमा दायित्वको गहनतालाई इमानदारीपूर्वक आत्मसात गर्ने प्रवृत्ति, पर्याप्त संस्थागत क्षमता र प्राविधिक ज्ञान समेत हुनुपर्छ ।
हाम्रा नियामक संस्थाहरू वा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू, शैक्षिक संस्थाहरू, विभिन्न सार्वजनिक संस्थानहरू आदि सबैलाई दलीयकरणबाट पूर्ण रुपमा मुक्त गरी व्यवसायिक र चुस्त बनाउनु पर्नेछ । तिनको नेतृत्वमा ‘राइट म्यान इन द राइट प्लेस’ को अवधारणा अनुरुप योग्य व्यक्तिहरू नियुक्त गर्नुपर्छ । यसका लागि हाम्रो ‘नियत’ सफा हुनुपर्छ ।
यद्यपि, राम्रो नियतसँगै हाम्रा ‘नीति’हरूले पनि ती संस्थाहरूलाई सबल बनाउन मद्दत गर्नुपर्छ । यसरी संस्थाहरूलाई सुधार र सुदृढ गर्ने विषयमा के(कस्ता कानूनहरू बदल्नु पर्नेछ, कहाँकहाँ नीतिगत हस्तक्षेप जरूरी छ, त्यसको पनि एउटा सूची नै तयार गरेका छौं ।
सबैसँग सहमति र सहकार्य गर्दै पहिलो वर्षभित्रै प्राथमिकताका आधारमा हामी तमाम संस्थागत र कानूनी जटिलतालाई फुकाउने छौं । यसरी आवश्यक सबै संस्थाहरूलाई यो प्रतिज्ञापत्र कार्यान्वयनका लागि सक्षम र सबल बनाउनेछौं ।
नीतिगत र शासकीय सुधार
हाम्रा वाचाहरू पुरा गर्ने क्रममा विद्यमान कतिपय कानून, कार्यविधि र निर्देशिकाहरु बाधक हुनेछन् । संविधान जारी हुनु अगाडिदेखिका आजसम्म क्रियाशील यस्ता असान्दर्भिक सयौं कानूनहरूको हामीले पहिचान गरिसकेका छौं । तिनलाई या त खारेज गर्नेछौं, या समयानुकूल बनाउन परिमार्जन गर्छौं । केही कानूनहरूलाई ‘सनसेट क्लज’ ९निश्चित समयपछि आफैं निष्क्रिय हुने० मा राखेर संशोधन गरिनेछ । यसरी प्रतिज्ञापत्रको कार्यान्वयनमा देखिन सक्ने सबै कानूनी र नीतिगत जटिलताको पहिचान गरिसकेका छौं ।
त्यस्तै संसद वा संसदीय समितिहरूको कार्यशैली, क्षमता र प्रक्रियागत जटिलतासँग हामी परिचित छौं । अहिले कायम ढाँचालाई मात्र अवलम्बन गर्दा हामीले प्रस्ताव गर्ने कानूनहरूको निर्माण अपेक्षित गतिमा पुरा हुन सक्दैन । त्यसैले संसदको काम गर्ने शैलीमा परिवर्तन ल्याउने र संसदीय समितिहरूलाई स्पष्ट कार्यादेश र पर्याप्त स्रोत(साधनको प्रबन्ध गर्दै प्रभावकारी बनाउने प्रक्रियाको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नेछ । यसरी हाम्रा प्रतिज्ञाहरूलाई मूर्त रूप दिन आवश्यक सयौं कानूनहरूलाई द्रुत विधायन ९फास्ट ट्रयाक लेजिस्लेसन० प्रकियामार्फत परित गर्छौं ।
स्रोतको व्यवस्थापन
हामीलाई थाहा छ, यहाँ घोषणा गरिएका लोककल्याणकारी संकल्पहरू, विकासका योजना र कार्यक्रमहरूलाई सफलतापूर्वक र तोकिएको समयमा लागू गर्न हामीसँग पर्याप्त स्रोत उपलब्ध छैन । तर त्यो अतिरिक्त स्रोत जुटाउने उपायहरूको हामीले पहिचान गरेका छौं ।
अर्थतन्त्रको आकार बढ्नेछ । त्यसबाट राज्यको राजस्व बढ्छ र खर्च गर्ने क्षमतामा पनि उल्लेखनीय वृद्धि हुनेछ । सार्वजनिक सम्पत्तिहरुको मौद्रिकीकरण हुनेछ ।
अनुत्पादक क्षेत्रमा हुने खर्च कटौतीबाट बचत हुनेछ ।
आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि हुनेछ । सार्वजनिक(निजी साझेदारीको अधिकतम उपयोगमात्र होइन, निजी स्रोतहरू पनि परिचालन हुनेछ ।
सबल कूटनीतिक परिचालनमार्फत सहुलितपूर्ण वैदेशिक ऋण र सहायता आकर्षित हुनेछ ।
नेपाली बैंकहरूमा रहेको ठूलो पुँजीको उत्पादनशील परिचालन गरिनेछ ।
रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा परिचालन गरिनेछ ।
आन्तरिक ऋण र पूँजी बजारको सदुपयोग हुनेछ ।
डायास्पोराको ज्ञान, पुँजी र प्रविधि आकर्षित हुनेछ ।
अन्य वैकल्पिक वित्तीय विधि अल्टरनेटिभ फाइनान्सिङ मेथड हरू जस्तै हरित ऋणपत्र, विशेष प्रयोजन कोष, कार्बन व्यापार, सार्वभौम ऋणपत्र आदि प्रयोग गरी सरकारी बजेट बाहिरका आधुनिक र नवप्रवर्तनकारी वित्तीय स्रोतहरूलाई आकर्षित गरिनेछ ।
यसरी हामी आवश्यक स्रोत जुटाउने र बढाउने नीति लिनेछौं र प्राथमिकता निर्धारण गरी ती स्रोतहरूको सदुपयोग गर्दै हाम्रा योजनाहरूलाई सम्पन्न गर्नेछौं ।
साझेदारी ९टीम नेपाल०
हाम्रा प्रतिबद्धताहरूको कार्यान्वयन संघीय सरकार एक्लैले मात्रै गर्न सक्दैन । यी संकल्पहरू पुरा गर्न ‘पार्टनरसिप’ वा साझेदारीको नयाँ संस्कृति र सहकार्य चाहिन्छ । त्यसका लागिस्
हामी सात वटै प्रदेश र संघीय सरकारका सबै संस्थाहरूलाई समान हैसियतका साझेदार मानेर व्यवहार गर्नेछौं । यो साझेदारीमा देशका सबै ७५३ पालिका र अझ ६७४३ वडाहरू नै हिस्सेदार हुनेछन् ।
संविधान र कानूनको संशोधनका लागि सबै राजनीतिक दलहरू, सरोकारवाला नागरिक समाज, संघ-संस्थाहरूसँग साझेदारी गर्नेछौं ।
सरकार बाहिरको सबैभन्दा ठूलो र समृद्धि निर्माणमा उल्लेखनीय योगदान दिइरहेको निजी क्षेत्रसँग साझेदारी नगरी हाम्रा पूर्वाधार र विकासका थुप्रै आयोजनाहरू अगाडि बढ्न सक्दैनन् । हामी निजी क्षेत्रका नीतिगत समस्या समाधान गरी यस्तो साझेदारी निर्माण गर्नेछौं ।
नेपाल संलग्न विभिन्न अन्तर्राष्ट्रिय बहुपक्षीय मञ्चमा हाम्रो उपस्थिति र संलग्नतालाई अझ सघन र प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय साझेदारी बलियो बनाउँछौं र त्यसबाट प्राप्त हुने सहयोग र अवसरहरूको अधिकतम उपयोग गर्छौं ।
संसारभरि छरिएर रहेका नेपाली समुदायको पनि कानूनी समस्या हल गरेर उनीहरूको भावना, ज्ञान, सिप र पुँजीलाई नेपाली माटोसँग जोड्दै मुलुकको समुन्नतिको ‘पार्टनर’ बनाउँछौं ।
यसरी नेपाली कांग्रेस मुलुकको हित, शान्ति र समुन्नतिका लागि एक्लै हिँड्ने छैन । कांग्रेस नेतृत्वको सरकारले ‘टीम नेपाल’को भावनालाई प्रवर्द्धन गर्दै सहमति र सहकार्यको संस्कृतिलाई अँगालेर, सबैसँग मिलेर, सबैलाई मिलाएर एउटै लयमा बाँध्दै, जिम्मेवारीलाई बाँड्दै, सबैलाई देश निर्माणको एउटै दिशामा डोर्याउनेछ ।
नागरिक सहभागिता र राष्ट्रिय पुनर्जागरण
हाम्रा प्रतिबद्धताहरू एवं हामीले चाहेको परिवर्तनलाई साकार र दिगो बनाउने अर्को महत्त्वपूर्ण आधार हाम्रा नागरिक हुन् । नागरिकको सक्रिय सहभागिता र परिवर्तनप्रतिको अपनत्व बिना हाम्रा संकल्पहरू पुरा हुन सक्दैनन् । विकास र समुन्नति निर्माणमा नागरिकको अपनत्व भएन र आफ्नो कर्तव्यप्रति जागरुक हुने अवस्था सृजना भएन भने सरकार एक्लैले समुन्नति निर्माण गर्न सक्दैन । यस तथ्यमा सचेत रहँदै नेपाली कांग्रेसले जागरूक नागरिक र गतिशील समाजका लागि ‘राष्ट्रिय पुनर्जागरण’ अभियान सञ्चालन गर्नेछ । यस अभियानले नागरिकलाई अधिकारका प्रति सचेत र कर्त्तव्य पालनाका लागि प्रेरित गर्नेछ ।
सामुदायिक संघसंस्थाहरू, स्थानीय क्लबहरू, विदेशमा बस्ने नेपालीहरूका संघसंस्थाहरू, नागरिक समाजहरूजस्ता आम नागरिकले आफ्नै पहलमा सञ्चालन गरेका संस्थाहरूलाई यो अभियानमा परिचालन गर्नेछौं ।
यो अभियानमा हामी हरेक पुस्तालाई समान रूपले सहभागी गराउँछौं, जसले युवाहरूको जोस र जेष्ठ नागरिकहरूको अनुभवलाई राष्ट्र निर्माणमा जोड्नेछ । कांग्रेसको नेतृत्वले सबैलाई प्रोत्साहन र उत्प्रेरणा दिनेछ ।
नेपाली कांग्रेसले नागरिकलाई मतदाता र करदाता मात्र नठानी नीति(निर्माण गर्न सल्लाह लिने र राज्य सञ्चालनमा आफ्नो कामको परीक्षण गर्ने सक्रिय सहभागी मान्नेछ ।
पारदर्शी र उत्तरदायी नेतृत्व
हाम्रो प्रतिज्ञा अब नेपालको अवस्था बदल्ने हो र यो प्रतिज्ञापत्रमा त्यही उद्देश्य मुखरित छ । नेपाली कांग्रेसले आफ्ना लोकतान्त्रिक मूल्य(मान्यता, मध्यमार्गी सिद्धान्त र चरित्रका आधारमा संवाद, सहमति र सहकार्यमार्फत देशको अवस्था बदल्नेछ । नेपाललाई समुन्नत र सम्मानित नेपालीको साझा घर बनाएरै छाड्ने आत्मविश्वासका साथ पुनर्जागृत भएर आएको पार्टीका योजना र तयारीलाई हामीले प्रतिज्ञापत्रमा प्रष्टसँग प्रस्तुत गरेका छौं ।
हामीलाई आजको नेपाली समाजमा भइरहेको परिवर्तनलाई आत्मसात गर्ने, युवा आवाज बुझ्ने र अग्रजहरूको भरोसा जित्ने, नागरिकको आलोचना र सुझावलाई उदारतापूर्वक ग्रहण गरेर सुधारिन सक्ने नेतृत्व चाहिएको छ । प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्न र सबैसँग सहकार्य गर्न सक्ने व्यक्तिको नेतृत्वमा मात्र पार्टीले नागरिकमाझ गरेका प्रतिज्ञाहरू पूरा गर्ने सामर्थ्य राख्छ । मुलुकको वर्तमान विशिष्ट परिस्थितिमा हामीलाई जोसमात्र नभई होस पनि भएको र आवेग मात्र नभई विवेक पनि भएको नेतृत्व चाहिएको छ ।
तसर्थ, नेपाली कांग्रेसले समयको मागलाई सम्बोधन गर्नसक्ने, देशभित्र र बाहिरका नेपालीको भावना बुझेको उदार नेतृत्वलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र जारी गरेकोछ ।
मासिक रिपोर्ट कार्डको जवाफदेही अभ्यास
नेपाली कांग्रेस सरकारको सञ्चालन सिंहदरबारका बन्द कोठामा बसेर होइन जनताको प्रश्न र निगरानीका बीचमा रहेर हुनेछ । हामी प्रतिबद्ध छौं( सरकारले पाँच वर्षपछि होइन प्रत्येक महिना जनतालाई जवाफ दिने नवीन लोकतान्त्रिक अभ्यासको शुरुआत गर्नेछ । नेपाली कांग्रेसले सरकार गठन भएकै महिनादेखि महिनाको पहिलो दिन आगामी महिनाको कार्ययोजना र महिनाको अन्त्यमा उपलब्धिहरू सार्वजनिक गर्नेछ । हामी प्रत्येक मन्त्रालयको नेतृत्वलाई यो प्रतिज्ञापत्र अनुरूप स्पष्ट कार्यदेश तोकेर हरेक महिना वस्तुगत ढङ्गले परीक्षण गर्नेछौं ।
यसरी महिनाभरि प्राप्त भएका उपलब्धिहरू समेटेको ‘मासिक रिपोर्ट कार्ड’ देखाउने पद्धतिलाई हामी केन्द्रदेखि स्थानीय तहसम्मै संस्थागत गर्नेछौं । हामी अबको पाँच वर्ष सरकार सञ्चालनमा नैतिकता र जवाफदेहिताको यही पद्धति अँगालेको गतिशील नेतृत्व दिनेछौं । जनताको स्नेह र भरोसालाई कहिल्यै टुट्न दिने छैनौं ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया