१८ असार २०८३
काडमाडौं- निर्मला पन्त हत्या प्रकरणलाई गिजोलेका, आफ्नो साला जोगाउन अनुसन्धानमा खटिएका प्रहरीलाई नै फसाएका कञ्चनपुरका पत्रकार खेम भण्डारी अन्ततः पक्राउ परेका छन् ।
उनलाई प्रहरीको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानबाट बिहीबार बिहान पक्राउ गरेको छ । गृहमन्त्री सुदन गुरुङको निर्देशनमा निर्मला हत्या प्रकरणको पुनः शुक्ष्म अनुसन्धान थालेको प्रहरीले पत्रकार भण्डारीलाई पक्राउ गरेको छ । भण्डारीमाथि यो घटना गिजोल्न मुख्य भूमिका खेलेको आरोप छ । उनले आरोपी आफ्नो सालो दिलिपसिंह विष्टलाई छुटाउन घटना नै तोडमोड गर्ने स्थानीयलाई उचाल्ने र प्रहरीलाई फसाउने हर्कत गरेका थिए ।
जुनकुरा कञ्चनपुर जिल्ला अदालतको आदेशले समेत पुष्टि गरेको थियो । निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले उनी विरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दा दायर गरेका किरण पनि पत्रकार हुन् । गाली बेइज्जतीको सो मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते दोषी ठहर गरेको थियो । जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदका साथै १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो । तर, उनी सत्ता र शक्तिको आडमा जोगिदै आएका थिए । गृहमन्त्री गुरुङको निर्देशनमा पुनः शून्यबाट अनुसन्धान थालेको प्रहरीले उनलाई अदालतको आदेश बमोजिम पक्राउ गरेको छ ।
कञ्चनपुरकि १३ वर्षिया निर्मला पन्तको हत्या हुँदाको समयमा जिल्ला प्रहरी प्रमुख रहेका तत्कालिन एसपि दिल्लीराज विष्टलाई म्यासेज पठाउँदै पत्रकार भण्डारीले धमक्याउने गरेका थिए । विष्टले स्पेस फो के टेलिभिजनसँगको अन्तरवार्तामा आफूलाई भण्डारीलाई पठाएको म्योज नै सार्वजनिक गरेका छन् । जहाँ खेम भण्डारीले लेखेका छन्– फर योर काइन्ड इन्फरमेसन दिलिप इज माइ साला ।
प्रहरीले अनुसन्धानको शिलशिलामा भण्डारीका साला दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । उनले निर्मलाको बलात्कारपछि हत्या गरेको समेत स्विकार गरेको तत्कालिन एसपी विष्टको दाबी छ । तर, उनका भिनाजु नाता लाग्ने पत्रकार खेम भण्डारीले उनलाई जोगाउन भिआइपीको नाम जोड्दै आफूहरुलाई फसाएको खुलासा गरेका छन् । दिलिप पक्राउ पर्नु अघि पत्रकारले विभिन्न घटनामा मुद्धा दर्ता नगर्न दवाब दिएको र आफुले नमाने पछि आफुलाई फसाउन खेल सुरु गरेको उनको भनाइ छ । त्यस पछि निर्मला पन्तको घटनामा पनि उनकै सालो जोडिए पछि पत्रकार भण्डारिले अनुसन्धान प्रभावित पार्न ठुलो भुमिका रहेको दावि गरे । प्रहरीलाई प्रमाण नष्ट गरेको आरोप झुटो भएको बताउदै पत्रकार भण्डारिकै कारण निर्मला पन्तको अनुसन्धान सामसुम पारिएको उनको आरोप छ । पूर्व एसपी विष्टले आरोपी दिलिप सिंह विष्ट र पत्रकार खेम भण्डारीमाथि फेरि अनुसन्धान गर्नु पर्ने बताएका थिए । प्रहरीले पत्रकार भण्डारीलाई बिहीबार कञ्चनपुरबाट पक्राउ गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया