०६ माघ २०८२
काठमाडौं- सुदूरपश्चिममा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा पक्षका सीमित उम्मेदवारले मात्र टिकट पाएका छन् । यसअघिका निर्वाचनहरूमा हालिमुहाली गरे पनि पार्टी सभापति गगन थापा भएसँगै देउवा समूहलाई टिकट वितरणमा पछाडि पारिएको हो ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्र छन् ।
कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेस प्रदेश सभापति बीरबहादुर बलायरलाई टिकट दिइएको थिए, तर उनले चुनाव नलड्ने बताएका छन् । त्यस्तै डडेल्धुरामा २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका देउवाले नै टिकट पाएनन्, उनको ठाउँबाट अब कांग्रेसले नैन महरलाई उम्मेदवार बनाएको छ, यद्यपि महर देउवा पक्षकै नेता हुन् ।
स्रोतका अनुसार देउवाले दिन भनेकाहरूलाई पार्टीले टिकट दिएको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्न देउवा स्वयंले इक्षा व्यक्त गरेका थिए, तर सभापति थापाले उनलाई टिकट दिन मानेनन् ।
त्यस्तै कञ्चनपुर क्षेत्र नम्बर ३ मा रमेश लेखकले टिकट पाएनन् । अघिल्लो पटक यहाँबाट लेखक निर्वाचित भए पनि यस पटक यो ठाउँमा हरि बोहरालाई टिकट दिइएको छ, बोहरा देउवा पक्षकै हुन् । बाजुरामा गगन पक्षका जनकराज गिरीले टिकट पाएका छन् । अछाम–१ मा सभापति थापा पक्षका भरत स्वार, २ मा देउवा पक्षका पुष्प शाहले टिकट पाएका छन् ।
बझाङमा भने थापा पक्षका प्रकाश रसाइली, स्नेहीुलाई कांग्रेसले उम्मेदवार बनाएको छ । बैतडीमा थापा पक्षका चतुर बहादुर चन्द, दार्चुलामा पनि थापा पक्षकै धर्मानन्द जोशीले टिकट पाउन सफल भएका छन् ।
कैलाली–१ मा जनकराज चौधरीले टिकट पाएका छन्, उनी थापा पक्षका नेता हुन् । त्यस्तै यसै जिल्लाको क्षेत्र नम्बर २ मा टिकट पाउने विजय स्वार पनि थापा पक्षकै हुन् । ३ नम्बर क्षेत्रमा टिकट पाउने भीम बडुवाल पनि थापा पक्षकै हुन् । क्षेत्र नम्बर ४ मा पार्टी प्रदेश सभापति बलायरलाई टिकट दिइए पनि उनले उम्मेदवार दर्ताका दिन चुनाव नलड्ने बताएका छन् । क्षेत्र नम्बर ५ मा भने नरनारायण शाहले टिकट पाएका छन्, उनी तटस्थ देखिएकाले दुवै पक्षले उनलाई समर्थन गरेको छ ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा भने गोपी उपाध्यायले टिकट पाएका छन्, उनी पनि सभापति थापा पक्षका हुन् । त्यस्तै कञ्चनपुर–२ मा नारायणप्रकाश साउँद ुएनपीु ले टिकट पाएका छन्, उनी भने देउवा पक्षका हुन् । डोटीबाट भने भरत खड्काले टिकट पाएका छन्, उनी सभापति थापानिकट हुन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया