२० असोज २०८३
चोलेन्द्रसँग दिपक भट्टको साँठगाँठ, जेलमै चल्दै थियो चलखेल, जेलबाटै सल्बलाएपछि सरकारले कटायो काठमाडौंको डाडा
काठमाडौं- सत्ता पल्टाउन साँठगाँठ गर्दै हिडेका, भित्र भित्रै अनेकन धन्दा चलाएका पूर्वप्रधान्ययााधीश चोलेन्द्र शम्शेर राणासँग बिचौलियाका नाइके दीपक भट्टको समेत कनेक्सन भएको खुलेको छ। भट्टले बिचौलियासँग र बिचौलियाले चोलेन्द्रसम्म कुरा गरेको फेला परेपछि सरकारले भट्टलाई काठमाडौंको डाडा कटाएको छ।
असार १९ गते डिल्लीबजार कारागारमा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग मिलेर सेटिङ मिलाएको खुलेपछि भट्टलाई नख्खु पु¥याइएको थियो। तर, नख्खु पुगेको तीन महिना नबित्दै शनिबार राति ११ बजे उनलाई हतार–हतार सिन्धुपाल्चोक पु¥याइयो। कागजातमा लेखियो– स्थान अभावका कारण।
तर, वास्तविकता के हो भने नख्खुभन्दा सिन्धुपाल्चोक कारागार झनै खचाखच छ। जहाँ ७ जना महिलाका लागि बनाइएको भवनमा १३० जना पुरुष कैदी कोच्चिएका छन्। जहाँका प्रशासन स्वयं ठाउँ नभएर कैदी बाहिर पठाइरहन्छ, त्यहीँ ललितपुरबाट लगेर भट्टलाई कोचिनुले नै स्पष्ट पार्छ— यो सरुवा ’स्थान अभाव’ले होइन, ’सम्पर्क र चलखेल अभाव’ गराउनका लागि चालिएको बाध्यकारी कदम थियो ?
आखिर भट्टले नख्खु कारागारको बन्द कोठाबाट कसरी सेटिङ मिलाइरहेका थिए रु सुरक्षा स्रोतका अनुसार भट्टको सोझै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरसँग कुराकानी हुँदैनथ्यो। तर, उनको बिचौलिया थिए— अमेरिकाको ग्रिनकार्डधारी इनाम सापकोटा ?
झापा घर भई काठमाडौँको पानीपोखरी बस्ने सापकोटा हालै अमेरिकाबाट फर्किएर दिल्ली भाग्ने तरखरमा थिए। तर, प्रहरीको विशेष ब्युरोले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लियो। जब उनको फोन जाँच गरियो, तब अनुसन्धान अधिकारीहरूकै होस उड्यो ?
इनाम सापकोटाले नख्खु कारागारको ल्यान्डलाइन फोनबाट दीपक भट्टसँग बाक्लै कुरा गरिरहेका थिए भने, उता पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रहरीका एक उच्च अधिकारीसँग पनि निरन्तर सम्पर्कमा थिए। मोबाइल परीक्षण गर्दा शङ्कास्पद आर्थिक कारोबारका प्रमाणहरू समेत भेटिए।
यसअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएर १२ घण्टा उपत्यका अपराध अनुसन्धान कार्यालयमा राख्नु र मोबाइल फोन जफत गर्नुको भित्री कारण पनि यही ’न्यायिक चलखेल’ नै रहेको गृह मन्त्रालय स्रोतको दाबी छ।
२० अर्बको बिगो, बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणको मुद्दा झेलिरहेका भट्ट सर्वोच्च अदालतले समेत धरौटीमा छाड्न अस्वीकार गरेपछि लामो समय जेल बस्ने पक्का भएको थियो। तर, जेलभित्र बसेर हार मान्ने नियत उनको थिएन।
राजनीतिक नेतृत्वलाई हातमा लिने, बिचौलियामार्फत न्यायपालिकाका पूर्व र वर्तमान शक्तिहरूलाई चलाउने र मुद्दा कमजोर बनाएर बाहिर निस्कने खेल नख्खुको फोनबाटै भइरहेको थियो। जब यो सूचना बालुवाटार र गृह मन्त्रालयसम्म पुग्यो, तब सरकारले भट्टलाई उपत्यकाको डाँडा कटाएर काठमाडौँसँगको सम्पर्क ’कट–अफ’ गरिदिएको छ।
कारागार सजाय काट्ने वा सुधारिने थलो हो। तर, नेपालमा पहुँचवाला र धनी अभियुक्तहरूका लागि जेल ’अल्टरनेटिभ कर्पोरेट हेडक्वाटर’ जस्तै बन्ने गरेको छ। डिल्लीबजारबाट नख्खु, र नख्खुबाट सिन्धुपाल्चोकसम्मको दीपक भट्टको यो यात्राले एउटा डरलाग्दो प्रश्न खडा गरेको छ– के नेपालको न्यायिक र प्रशासनिक संयन्त्र अझै पनि बिचौलियाको इशारामा नाचिरहेको छ रु अनि जेलको पर्खालभित्र बसेर न्याय खरिदबिक्रीको दुष्प्रयास गर्नेहरूमाथि सरकारको यो ’सरुवा कारबाही’ मात्रै पर्याप्त छ त ?
प्रहरीले इनाम सापकोटाको फोनबाट फेला परेका आर्थिक कारोबार र कनेक्सनका प्रमाणहरूलाई साँच्चिकै किनारा लगाउँछ या भट्टलाई सिन्धुपाल्चोक पु¥याएर यो काण्डको पाना बन्द गरिन्छ रु त्यो भने हेर्न बाँकी छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया