२९ जेठ २०८३
काठमाडौ- हटि होइन डटी लड्ने नेपालीको बानी हुन्छ भन्ने कुरा सुस्ताबासीले फेरि एकपटक प्रमाणित गरिदिएका छन् ।
नेपाली सुस्तामा शुक्रबार हतियारसहित पसेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताबासीले लखेटेका छन् । यी दृश्यहरू हेर्नुहोस् । हतियारधारी भारतीय सुरक्षाकर्मी खोला तरेर नेपाली बस्तीमा निर्धक्क घुमिरहेका छन्। उनीहरूलाई न त नेपालको कानुनको डर छ, न त नेपाली प्रशासनको अवरोध। तर, प्रहरी प्रशासनले नरोकेपछि यीनलाई स्थानीयले प्रतिकार गर्दै धपाएका छन् ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार गर्दै रोकेपछि केही समय विवाद भएको थियो । हतियारसहित उनीहरू नेपाली क्षेत्रमा आए पनि स्थानीयले आउनुको कारण सोधेका थिए । अटेरी गरेपछि सबै स्थानीय जुटेर प्रतिकारमा उत्रेपछि केही समयमा उनीहरू फर्केको स्थानीयले बताएका छन् ।
केहि दिनअघि मात्र भारतीय सुरक्षाकर्मी त्यहाँ बएर तटबन्ध निर्माण रोकेका थिए । स्थानीयले बताए अनुसार भारतीयले तटबन्धको १३२ मिटर क्षेत्रमा निर्माण कार्य रोक्न दबाब दिएका छन् ।
तटबन्ध निर्माण रोक्नु भनेको सुस्तालाई वर्षायाममा डुबाउने भारतीय रणनीति हो। भारतको यो खुल्ला दादागिरीका विषयमा नेपाल सरकार भने चुइक्क बोलेको छैन् । भारतीय दादागिरीको विरुद्धमा कहिले बोल्छ बालेन सरकाररु भन्दै सुस्ताबासीले प्रश्न गर्न थालेका छन् । सुस्ताका उनीहरुको प्रश्न छ– के हामी नेपालको नागरिक होइनौँरु हाम्रो सुरक्षाको जिम्मा कसको हो ?
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया