०८ फागुन २०८२
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की शुक्रबार मुस्ताङको भ्रमण गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुगेकी प्रधानमन्त्रीलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी९सीडीओ० अजिता शर्मा र जिल्ला प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० छिरिङ किप्पा लामासहितको टोली पुगेको थियो ।
आफूलाई स्वागत गर्न आउने सीडीओ र डीएसपी नै महिला देखेपछि प्रधानमन्त्री कार्की खुसी भइन् । सामान्य भलाकुसारीपछि उनले भनिन्, ‘मुस्ताङ त महिलाले हाँकेको जिल्ला रहेछ ।’
त्यसपछि प्रधानमन्त्री कार्कीले नै प्रेमपूर्वक ‘फोटो खिचौँ’ भनेर सीडीओ शर्मा र डीएसपी लामालाई आग्रह गरिन् । प्रधानमन्त्रीकै आग्रहमा देशको महिला प्रधानमन्त्री कार्कीसँग जिल्लाको प्रशासन र प्रहरीको नेतृत्व गरिरहेका महिला सीडीओ शर्मा र डीएसपी लामाको एकै फ्रेममा तस्वीर खिचिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
प्रधानमन्त्रीको प्रेमिल व्यवहारप्रति दुवैजना पनि खुसी देखिइन् । सीडीओ शर्माले प्रधानमन्त्रीको उत्प्रेरणाले निर्वाचन सम्पन्न गर्न हौसला मिलेको प्रतिक्रिया दिइन् ।
शुक्रबारै प्रधानमन्त्री कार्कीले मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको दर्शन गरेकी थिइन् । यस्तै जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा कार्यक्रममा पनि सहभागी भइन् । जहाँ उनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिइन् ।
‘प्रधानमन्त्री ज्युले निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला भनेर जानुभयो,’ सीडीओ शर्माले भनिन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया