०८ फागुन २०८२
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की शुक्रबार मुस्ताङको भ्रमण गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुगेकी प्रधानमन्त्रीलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी९सीडीओ० अजिता शर्मा र जिल्ला प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० छिरिङ किप्पा लामासहितको टोली पुगेको थियो ।
आफूलाई स्वागत गर्न आउने सीडीओ र डीएसपी नै महिला देखेपछि प्रधानमन्त्री कार्की खुसी भइन् । सामान्य भलाकुसारीपछि उनले भनिन्, ‘मुस्ताङ त महिलाले हाँकेको जिल्ला रहेछ ।’
त्यसपछि प्रधानमन्त्री कार्कीले नै प्रेमपूर्वक ‘फोटो खिचौँ’ भनेर सीडीओ शर्मा र डीएसपी लामालाई आग्रह गरिन् । प्रधानमन्त्रीकै आग्रहमा देशको महिला प्रधानमन्त्री कार्कीसँग जिल्लाको प्रशासन र प्रहरीको नेतृत्व गरिरहेका महिला सीडीओ शर्मा र डीएसपी लामाको एकै फ्रेममा तस्वीर खिचिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
प्रधानमन्त्रीको प्रेमिल व्यवहारप्रति दुवैजना पनि खुसी देखिइन् । सीडीओ शर्माले प्रधानमन्त्रीको उत्प्रेरणाले निर्वाचन सम्पन्न गर्न हौसला मिलेको प्रतिक्रिया दिइन् ।
शुक्रबारै प्रधानमन्त्री कार्कीले मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको दर्शन गरेकी थिइन् । यस्तै जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा कार्यक्रममा पनि सहभागी भइन् । जहाँ उनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिइन् ।
‘प्रधानमन्त्री ज्युले निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला भनेर जानुभयो,’ सीडीओ शर्माले भनिन् ।
भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
ट्रेड युनियन अधिकार नखोस्न कर्मचारी संगठनहरूको आग्रह, सरकारसँग राखे यस्ता माग
६ तस्वीरमा खुलामञ्चको सौन्दर्य
गगन थापाप्रति उदार बने रवि–बालेन, कांग्रेसलाई दिए लेखा समितिको सभापति
बालेन बने विश्व चर्चित अनुहार , भारतदेखि बंगलादेशसम्म जयजयकार
धनगढी उपमहानगरले गर्यो संघ सरकारको निर्णयको अवज्ञा, भोलिदेखि विद्यार्थी भर्ना
प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल
बालेन र बालेन सरकारप्रति अमेरिकी चासो
जिम्मेवारीमा भएकाले लचिलो र विनम्र छु, यसलाई कमजोरी नठान्नुहोला : गगन थापा
२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
प्रतिक्रिया