०४ कात्तिक २०८२
काठमाडौं- सत्ता र नेताको दैलै चाहार्दै डेडिकेटेड र ट्रंक लाइनको विद्युत महशुल नतिरी खुलेआम राज्यलाई चुनौति दिदै हिडिरहेका उद्योगीविरुद्ध कुलमान घिसिङ फेरि आक्रामक बनेका छन् । बक्यौता नतिर्ने उद्योगीको उद्योगलाई उज्यालोको पर्व तिहारमै अन्धकार बनाइदिएका छन् ।
लक्ष्मी पुजा भोलिपल्टै मंगलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटि दिएका छन् । जगदम्बा स्टीलको १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङ मिल्स ७५ करोड ३७ लाख, शिवम् सिमेन्ट ७७ करोड ८८ लाख, घोराही सिमेन्ट ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्ट ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्स ३२ करोड १० लाख रुपैयाँ विद्युत महशुल नबुझाएको प्राधिकरणले जनाएको छ।
यो बक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापत तिर्नुपर्ने थप महशुल हो। यता प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगहरूले बक्यौता रकम बुझाउन सक्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार किस्ताबन्दी सुविधा लिएर पहिलो किस्ता तिरेपछि जुनसुकै समयमा पनि काटिएको लाइन पुनःजोडिने व्यवस्था छ ।
तर, उद्योगीहरुले डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विद्युत् महसुल तिर्न सामूहिक अस्वीकार गरेका छन् । पीडित तथा प्रताडित उद्योग समूहले विज्ञप्ति जारी गर्दै उद्योगीहरूले महसुल तिर्न अस्वीकार गर्ने निर्णय सार्वजनिक गरेका छन् । यो अडान कानुनी शासन र राष्ट्रिय अर्थतन्त्रको स्थिरताको पक्षमा लिइएको दाबी उद्योगीले गरेका छन् । उनीहरूले प्राधिकरणबाट आउने वैध शुल्क तिर्नबाट भने नपन्छिएको बताएका छन् ।
कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले यो महशुल उठाउन निकै जोडबल गरेका थिए । तर, तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन उर्जामन्त्री दिपक खड्काले यो रकम उठाउन मात्रै रोकेनन् उनलाई पदबाटै बर्खास्त गरेका थिए । जसको हिसाव कुलमानले उर्जामन्त्री भएपछि चुक्ता गर्न खोजिरहेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया