१७ कात्तिक २०८३
काठमाण्डौं- सडकमा दुई सवारी जुधे झै गरेर आकाशमा दुई हेलिकप्टर ठोक्किएका छन् । त्यो पनि विश्वको सर्वोच्च शिखर सरगामाथाको काखमा । मंगलबार बिहान सोलुखुम्बु स्थित सगरमाथा क्षेत्रको खुम्बु उपत्यकामा फिस्टल एयर र एयर डाइनस्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार, दुवै हेलिकोप्टर अवतरण गर्ने क्रममा एकासाथ पंखा जुध्न पुगेका थिए। दुर्घटनामा परेर भारतीय नागरिक वसन्तकुमार बलरा माडु को घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। हेलिकोप्टरमा सवार अन्य यात्रु र चालक दलका सदस्यहरू पनि दुर्घटनाको चपेटामा परेका छन्।
यो अकल्पनिय दुर्घटनामा परी अर्का यात्रु शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट गम्भीर घाइते भएका छन्। दुर्घटनालगत्तै नेपाली सेना र स्थानीय उद्धार टोलीले उद्धार कार्य तीब्र पार्दै घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत तत्कालै काठमाडौँ ल्याएको छ। उनीहरूको हाल काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी छ।
पर्यटन र उद्धारको मुख्य सिजनमा हिमाली क्षेत्रका हेलिप्याडहरूमा अत्यधिक भीडभाड हुने गरेको छ। एकै समयमा धेरै कम्पनीका हेलिकोप्टरहरू अवतरण गर्न खोज्दा ट्राफिक व्यवस्थापन र एयर ट्राफिक कन्ट्रोलको कमजोरीका कारण यस्ता दुर्घटना निम्तने गरेको विज्ञहरूको तर्क छ। एउटै हेलिप्याडमा दुईवटा हेलिकोप्टर आकाशमै ठोक्किने यो घटनाले हवाई सुरक्षामाथि गम्भीर लापरबाही भएको पुष्टि गरेको छ
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया