२९ मंसिर २०८२
काठमाडौं - नेकपा एमालेको ११ औँ महाधिवेशनको उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेका बेला संस्थापन पक्षको प्यानलमा नपरेका नेताहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
संस्थापनमा नपरेका प्रभावशाली नेतालाई समेट्न ईश्वर पोखरेल पक्षका नेताहरूले प्यानल समेत सार्वजनिक गरेका छैनन् ।
अध्यक्ष केपी शर्मा ओलीको पदाधिकारी प्यानलमा नपरेका नेतालाई समेट्न भनेर उपाध्यक्ष,उपमहासचिव र केही सचिव पदमा पोखरेल पक्षले उम्मेदवार बाँकी राखेको छ ।
अग्नि खरेल,राजेन्द्र गौतम,कृष्णगोपाल श्रेष्ठ,शेरबहादुर तामाङलगायतका नेता पदाधिकारीका प्रबल दाबेदार थिए ।
ओलीको प्यानलमा नपरेपछि खरेल, र गौतमले सार्वजनिक असन्तुष्टि जनाइसकेका छन् । खरेलले सचिव र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पोखरेल पक्षका नेताहरूले पदाधिकारीमा नपरेका कतिपय नेतासँग छलफल चलाइरहेका छन् । उनीहरूलाई समेत समेटेर प्यानल बनाउने प्रयास भएकाले केही पदाधिकारी खाली राखिएको हो । ओलीनिकट अन्य नेताहरूसँग पनि छलफल भइरहेको ती नेताले बताए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया