२९ मंसिर २०८२
काठमाडौं - नेकपा एमालेको ११ औँ महाधिवेशनको उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेका बेला संस्थापन पक्षको प्यानलमा नपरेका नेताहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
संस्थापनमा नपरेका प्रभावशाली नेतालाई समेट्न ईश्वर पोखरेल पक्षका नेताहरूले प्यानल समेत सार्वजनिक गरेका छैनन् ।
अध्यक्ष केपी शर्मा ओलीको पदाधिकारी प्यानलमा नपरेका नेतालाई समेट्न भनेर उपाध्यक्ष,उपमहासचिव र केही सचिव पदमा पोखरेल पक्षले उम्मेदवार बाँकी राखेको छ ।
अग्नि खरेल,राजेन्द्र गौतम,कृष्णगोपाल श्रेष्ठ,शेरबहादुर तामाङलगायतका नेता पदाधिकारीका प्रबल दाबेदार थिए ।
ओलीको प्यानलमा नपरेपछि खरेल, र गौतमले सार्वजनिक असन्तुष्टि जनाइसकेका छन् । खरेलले सचिव र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पोखरेल पक्षका नेताहरूले पदाधिकारीमा नपरेका कतिपय नेतासँग छलफल चलाइरहेका छन् । उनीहरूलाई समेत समेटेर प्यानल बनाउने प्रयास भएकाले केही पदाधिकारी खाली राखिएको हो । ओलीनिकट अन्य नेताहरूसँग पनि छलफल भइरहेको ती नेताले बताए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया