२१ वैशाख २०८३
काठमाडौं - भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक माग्दै ‘सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिबार’ अभियानले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै श्रमिकहरूको करिब ४० करोड भुक्तानी तत्काल गरिदिन प्रमुख जिल्ला अधिकारीमार्फत पत्र बुझाएका हुन् ।
नवलपुरको गैँडाकोटमा रहेको उक्त उद्योग २०६७ देखि पूर्ण रूपमा बन्द छ । पारिश्रमिक लिन बाँकी कतिपय श्रमिकको मृत्युसमेत भइसकेको ज्ञापन पत्रमा उल्लेख छ ।
उनीहरूले गैँडाकोट नगरपालिकामा रहेको ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाइ कार्यान्वयन गर्न समेत माग गरेका छन् ।
५ दिनभित्र आफ्नो माग सम्बोधन नगरे आन्दोलनको कार्यक्रम अगाडि बढाउने उनीहरूको चेतावनी छ ।
अभियानका संयोजक गणेश सापकोटाले भृकुटी कागज कारखानाबारे प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्र अनुसार कदम नचालिए आन्दोलनमा उत्रन बाध्य हुने बताए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया