१५ पुस २०८२
काठमाडौं- उर्जामन्त्री कुलमान घिसिङसँग सहमति भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चर्चित अनुहारहरुलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ।
जेनजी अभियान्तादेखि कलाकार, गायक गायिका र क्रिकेटरसम्म समेटेर सोमबार मध्यराति रास्वपाले समानुपातिक तर्फका ११० उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ। जसमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि गायक प्रकाश सपुतसम्मका व्यक्तिहरू समावेश छन् । क्रिकेटर मल्लको नाम आदिवासी जनजातिको पुरुषतर्फ पाँचौँ नम्बरमा छ।
रास्वपाले जनजाति सूचीको पहिलो नम्बरमा डा.राम रामालाई राखेको छ । रास्वपाले चर्चित गायक प्रकाश सपुतलाई समानुपातिक सूचीको दलित पुरुष क्लस्टर तर्फको दोस्रो नम्बरमा राखिएको छ । त्यस्तै अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी छन्।
फिल्म निर्माता, टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन्। गायिका सत्यकला राई र त्रिसाला गुरूङ पनि सूचीमा छिन्।
पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ समानुपातिक सूचीमा परेकी छन्। उनी २०१९ को मिस नेपाल विजेता हुन्। उनी आदिवासी महिला क्लस्टरको चौथो नम्बरमा छिन्।
गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा खस आर्य महिलाबाट दोस्रो नम्बरमा छिन्। पहिलो नम्बरमा प्रतिभा रावल समेटिएकी छन्। जेनजी अभियानी पुरूषोत्तम यादव सूचीमा छन्।
राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी, अधिकारकर्मी, उर्मिला चौधरी, डा. रामजी राम समानुपातिक सूचीमा छन्।
रास्वपाले आदिवासी जनजातिको महिला क्लस्टरको पहिलो नम्बरमा टासी लाजोमलाई राखेको छ। खस आर्य क्लस्टरको पुरुषतर्फको पहिलो नम्बरमा विपिन कुमार आचार्य परेका छन्। त्यसैगरि रास्वपाले उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्यायलाई समानुपातिक सूचीको छैटौँ नम्बरमा राखेको छ।
खस आर्य समूहको महिलातर्फ पहिलो नम्बरमा प्रतिभा रावलको नाम छ। रास्वपाले थारु पुरुषतर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरीलाई पहिलो नम्बरमा राखेको छ।
मधेशी समुदायको पुरुषतर्फ पहिलो नम्बरमा डा.नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाल राखिएका छन्। मुस्लिम समुदायको पुरुषतर्फ पहिलो नम्बरमा आसिफ शाह छन्। मुस्लिम महिलातर्फ पहिलो नम्बरमा समिना मियाँ छिन्।
यस्तै विवेकशिल साझा पार्टीबाट आएका समिक्षा बाँस्कोटा, रञ्जु दर्शना, प्रकाचन्द्र परियार पनि समानुपातिक सूचीमा अटाएका छन् । रास्वपामा रवि पक्षमा डटेर लड्दै आएका रमेश प्रसाई, प्रमोद न्यौपाने, टिका संग्रौला ज्वाला लगायतको नाम पनि समानुपातिक सूचीमा छ।
यी हुन् कुलमान पक्षका समानुपातिक उम्मेदवार
डा. महेन्द्र लावती
धर्मलाल तामाङ
माया डोल्मा लामा
तुलसा वाइबा
लाक्पा फुटी शेर्पा
त्रीशला गुरुङ
देविका पौडेल
अनुप कुमार उपाध्याय
दुर्गा बहादुर घिमिरे
कुमार राज सुवेदी
सिता देवी पाण्डेय
सरला लामिछाने
रिमा विश्वकर्मा
राजदेव राम
अभिषेक राज सिंह
मनिषा कुमरी
सोम प्रसाद चौधरी
बालिका चौधरी
सोमबार मात्र रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएको थियो । सोही अनुसार रवि, बालेन र कुलमानले आ–आफ्नो तर्फबाट उम्मेदवारको नाम सिफारिस गरे निर्वाचन आयोगमा बुझाएका छन् ।
७ महिनामा ४० अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता
फागुन महिनाका लागि ९ वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति?
विकास, सुशासन र जनउत्तरदायी नेतृत्वप्रति प्रतिबद्ध छुः मणिराम फुयाल
बालेन झापा–५ मा घरदैलो अभियानमा
चिनियाँ ठेकेदारको ८० करोडको मुद्दा सर्वोच्चको संयुक्त इजलासमा
धनकुटामा मतदाता शिक्षा सुरु, विगतमा यस्तो थियो मत बदरको अवस्था
मतपत्र छपाइ अन्तिम चरणमा
चुनावलाई चीनको साढे ५८ करोड
टुँडिखेलमा अमेरिकी सेना
भद्रपुर विमानस्थलमा ओली : चुनाव भयो भने हामी भाग लिन्छौँ
प्रतिक्रिया