२० असोज २०८३
काठमाडौं - नेपाली कांग्रेसको १५औं महाधिवेशनमा समावेशीसहित ८० क्लस्टरबाट नयाँ कार्यसमिति चुनिने भएको छ ।
सोमबारको बन्दसत्रबाट पास भएको संशोधित विधानमा सभापति, पदाधिकारी र केन्द्रीय सदस्यसम्मका ८० श्रेणी ९क्लस्टर० छन् । खुला, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, खसआर्य, प्रदेश, प्रवास, युवा आदि छुट्टाछुट्टै समूहमा श्रेणीबाट कांग्रेस केन्द्रीय सदस्यहरू चुनिने छन् ।
नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयन दर्तापछिका सबै प्रक्रिया सम्पन्न भएपछि २२ असोज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।
कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।
त्यस्तै, महामन्त्री ३ जना रहने छन् । जसमा दुई जना खुला र एक जना महिला कोटाबाट चुनिनेछन् ।
त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन् । खुलाबाट दुई जना सहमहामन्त्री चुनिनेछन् । आदिवासी जनजाती, दलित, मधेशी, खसआर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यकरअपांगता कोटाबाट एक–एकजना सहमहामन्त्री चुनिनेछन् ।
कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एक जना मनोनीत हुनेछन् । प्रवक्ता र सहप्रवक्ता पनि एकरएक जना हुनेछन् ।
केन्द्रीय सदस्यहरूमा खुला प्रतिस्पर्धाबाट ४५ जना चुनिने छन् । महिला खुलाबाट १५ जना हुनेछन् । आदिवासी जनजाति महिलाबाट ८ जना, आदिवासी जनजाति खुलाबाट १२ जना, दलित महिलाबाट ५ जना, मधेशी दलितबाट १ जना, दलित खुलाबाट ८ जना केन्द्रीय सदस्य चुनिनेछन् ।
यसैगरी मधेशी महिला र खसआर्य महिलाबाट ८र८ जना तथा खस आर्य खुलाबाट १० जना केन्द्रीय सदस्य हुनेछन् ।
थारु महिलाबाट २ जना, थारू खुलाबाट ४ जना, मस्लिम मुहिलाबाट २ जना, मुस्लिम खुलाबाट ३ जना केन्द्रीय सदस्य हुनेछन् ।
पिछडिएको क्षेत्र महिला, पिछडिएको क्षेत्र खुला, अल्पसंख्यक, अपांगता कोटाबाट एक–एक जना केन्द्रीय सदस्य चुनिने छन् ।
प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारबाट पनि एक–एक केन्द्रीय सदस्य बन्नेछन् ।
साथै, सातै प्रदेशबाट ३५ वर्ष मुनिका युवा महिला र खुलाबाट पनि केन्द्रीय सदस्य चयन हुनेछन् । काठमाडौं उपत्यकाबाट महिला र खुलाबाट एक–एक केन्द्रीय सदस्य बन्नेछन् ।
नेपाली जनसम्पर्क समिति युरोप क्षेत्र, ओसियाना–अमेरिका क्षेत्र, नेपाली जनसम्पर्क समिति मध्यपूर्व क्षेत्र, एसिया प्यासिफक क्षेत्र, नेपाली जनसम्पर्क समिति भारतबाट केन्द्रीय सदस्यका लागि कोटा छुट्याइएको छ । पेशागत विषयगत क्षेत्र र श्रमिकका लागि पनि महिला खुलामा पनि केन्द्रीय सदस्य चयन हुनेछन् ।
केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनीत गर्ने विधानमा व्यवस्था छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया