०१ असोज २०८२
काठमाडौं– काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृहजिल्ला जान थालेका छन् ।
नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्न थालेको बताए। उनका अनुसार यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकार भएका निकायको बैठकले यसवर्ष दसैँका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरेको छ ।
मल्लले यसअघि दैनिक चारदेखि पाँच हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले सो सङ्ख्या बढेर १२ देखि १५ हजार पुगेको जानकारी दिए । उनका अनुसार जेन–जी’ का प्रदर्शनका कारण अवरुद्ध बनेको सार्वजनिक यातायात सञ्चालनमा आएपछि उपत्यका छोडेर गृहजिल्ला जानेको सङ्ख्या ६५ हजार भन्दाबढी पुगेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा अहिलेदेखि यात्रुको भीड लाग्न थालेकाले यसवर्ष दसैँमा गृहजिल्ला जाने यात्रुको सङ्ख्यामा कमी आउनसक्ने धारणा राखे।
नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । सरकारले दसैँको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही असोज ६ गते (घटस्थापना) देखि असोज २२ गतेसम्म नेपालभर लागू हुनेगरि रुट परमिट खुला गरेको छ ।
काठमाडौंमा मतदान गरेर सर्लाही पुगे गगन
ओलीले भने- फागुन २१ मैले दुई पटक पुनर्जीवन पाएको दिन हो
काठमाडौँमा १२ बजेसम्म २५ प्रतिशत मत खस्यो
ओली र बालेनलगायत उम्मेदवार रहेको झापामा शान्तिपूर्ण मतदान
अनुमति नलिई चढेपछि बालेनको हेलिकप्टर फर्काइएको खुलासा
दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति
ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयले गरे मतदान बहिष्कार
सर्लाहीको बलरा-४ स्थित एक केन्द्रमा विवाद, मतदान रोकियो
चितवनमा भोट खसालेपछि हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड
होर्मुजको घाँटी हुँदै जाने जहाजमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया