१४ माघ २०८२
काठमाडौं - खाटमा सुतिरहेका छोरालाई घिसार्दै तल झारेर घाटी रेटेर मारियो । शौचालय गएकी आमा फर्कँदा छोराको अवस्था देखेर कराएपछि उनको पनि घाँटी रेटियो । प्रतिवाद गर्न जाँदा बाबुको पेटमा छुरा प्रहार भयो । आक्रमण रोक्न खोज्ने छोरीकै औला छिनाइयो ।
यो कुनै फिल्मको दृष्य होइन । बाराको परवानीपुर –१ रहरियाडीमा मंगलबार राती भएको घटना हो । जहाँ फिल्मी शैलीमा आामा छोराको हत्या गरिएको छ भने बाबु र छोरी घाइते भएका छन् । मंगलबार राति १ बजेतिर भएको घटनामा धारिलो हतियारबाट २८ वर्षीय छोरा रामेश्वर मण्डल र ४६ वर्षीया आमा सुमित्रा देवी मण्डलको मृत्यु भएको छ । उनीहरुको घाँटी रेटेर हत्या भएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
स्थानीयका अनुसार, मण्डलको घरमा ८ जना थिए । खाटमा सुतिरहेका रामेश्वरलाई तल झारेर मारिएको छ । शौचालय गएकी आमा फर्कँदा छोराको अवस्था देखेर कराएपछि उनको पनि घाँटी रेटिएको छ । पछि बुबा जगरुप प्रतिवाद गर्न जाँदा उनको पेटमा छुरा प्रहार भएको छ । उनको गम्भीर अवस्थामा अहिले भर्खरै एलएस न्युरो अस्पतालमा शल्यक्रिया भएको छ । नन्द रिना कुमारी मण्डल, उनी स्थानीय स्कुलमा शिक्षक थिइन्, प्रतिवाद गर्न जाँदा छुरा समात्दा हातको औँला काटिएको छ र टाउकोमा पनि चोट छ ।
उनको पनि उपचार भइरहेको छ । यत्रो घटना हुँदा बुहारी मनिता देवी मण्डल भने सुरक्षित छन् । उनीहरुका दुई सहित तीन नाबालिका घरमा थिए । अग्लो उचाइ भएको मानिस आएर छुरा प्रहार गरी हत्या भएको भनिएको छ ।
अस्पतालमा उपचाररत नन्द रिनाले भाउजु मनिताले नै घटना घटाएको दाबी गरेकी छिन् । उनका अनुसार ‘६ महिना पहिला दाइ भाउजुको झगडा भएको थियो, आज त्यसकै रिस पुरै परिवारमाथि पोखिन । भाउजुले घटनापछि ती ब्यक्तिहरुलाई भगाएको उनको दाबी छ ।
उनले भनिन्, ‘शौचालय गएकी आमा पनि मारिइन्, घरमा बिजुलीको लाइन काटेर यो हत्या काण्ड भएको हो ।’ प्रहरीले पनि बुहारी मनिता देवीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले घटनाको प्रारम्भिक अनुसन्धानका लागि मनितालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिए । घटनापछि स्थानीय शोकमा छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया