१४ माघ २०८२
काठमाडौं - खाटमा सुतिरहेका छोरालाई घिसार्दै तल झारेर घाटी रेटेर मारियो । शौचालय गएकी आमा फर्कँदा छोराको अवस्था देखेर कराएपछि उनको पनि घाँटी रेटियो । प्रतिवाद गर्न जाँदा बाबुको पेटमा छुरा प्रहार भयो । आक्रमण रोक्न खोज्ने छोरीकै औला छिनाइयो ।
यो कुनै फिल्मको दृष्य होइन । बाराको परवानीपुर –१ रहरियाडीमा मंगलबार राती भएको घटना हो । जहाँ फिल्मी शैलीमा आामा छोराको हत्या गरिएको छ भने बाबु र छोरी घाइते भएका छन् । मंगलबार राति १ बजेतिर भएको घटनामा धारिलो हतियारबाट २८ वर्षीय छोरा रामेश्वर मण्डल र ४६ वर्षीया आमा सुमित्रा देवी मण्डलको मृत्यु भएको छ । उनीहरुको घाँटी रेटेर हत्या भएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
स्थानीयका अनुसार, मण्डलको घरमा ८ जना थिए । खाटमा सुतिरहेका रामेश्वरलाई तल झारेर मारिएको छ । शौचालय गएकी आमा फर्कँदा छोराको अवस्था देखेर कराएपछि उनको पनि घाँटी रेटिएको छ । पछि बुबा जगरुप प्रतिवाद गर्न जाँदा उनको पेटमा छुरा प्रहार भएको छ । उनको गम्भीर अवस्थामा अहिले भर्खरै एलएस न्युरो अस्पतालमा शल्यक्रिया भएको छ । नन्द रिना कुमारी मण्डल, उनी स्थानीय स्कुलमा शिक्षक थिइन्, प्रतिवाद गर्न जाँदा छुरा समात्दा हातको औँला काटिएको छ र टाउकोमा पनि चोट छ ।
उनको पनि उपचार भइरहेको छ । यत्रो घटना हुँदा बुहारी मनिता देवी मण्डल भने सुरक्षित छन् । उनीहरुका दुई सहित तीन नाबालिका घरमा थिए । अग्लो उचाइ भएको मानिस आएर छुरा प्रहार गरी हत्या भएको भनिएको छ ।
अस्पतालमा उपचाररत नन्द रिनाले भाउजु मनिताले नै घटना घटाएको दाबी गरेकी छिन् । उनका अनुसार ‘६ महिना पहिला दाइ भाउजुको झगडा भएको थियो, आज त्यसकै रिस पुरै परिवारमाथि पोखिन । भाउजुले घटनापछि ती ब्यक्तिहरुलाई भगाएको उनको दाबी छ ।
उनले भनिन्, ‘शौचालय गएकी आमा पनि मारिइन्, घरमा बिजुलीको लाइन काटेर यो हत्या काण्ड भएको हो ।’ प्रहरीले पनि बुहारी मनिता देवीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले घटनाको प्रारम्भिक अनुसन्धानका लागि मनितालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिए । घटनापछि स्थानीय शोकमा छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया