०४ माघ २०८२
काठमाडौं- नेकपा एमालेमा एकलौटी राज गर्दै आएका र पार्टीलाई मनलाग्दी ढंगले चलाउँदै आएका अध्यक्ष केपी शर्मा ओलीले इश्वर पोखरेल र उनी पक्षीय नेताहरुलाई भीम रावल बनाउने भएका छन् । आफूविरुद्ध महाधिवेशनमा उत्रिएकाहरुलाई चुनावमा टिकट समेत नदिइ भीम रावललाई जस्तै गरी पार्टीबाटै लखेट्ने तयारी गरेका छन् ।
आफूविरुद्ध अध्यक्षमा लडेका इश्वर पोखरेलसहित उनी पक्षीय आधा दर्जन नेताको टिकट ओलीले खोसेका छन् । गुन्डा नाइके चक्रे मिलनलाई गोर्खा–२ बाट उम्मेदवार बनएका ओलीले पार्टीमा वर्षौ योगदान गरेका नेताहरु इश्वर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरेलगायका नेताहरुलाई चुनाव लड्नबाटै बञ्चित गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमध्ये अधिकांश ठाउँको उमेदवार टुंग्याएको एमालेले इश्वर र उनी पक्षीय नेताहरुको क्षेत्रको उम्मेदवार छनोटलाई होल्डमा राखेको छ । अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं –५ हो । जहाँबाट इश्वरलाई उम्मेदवार नबानउने मनासयायले ओलीले होल्ड गरेका छन् । महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डेलाई एमालेले प्रतिस्पर्धा बाहिर राखेको छ । ताप्लेजुङमा उपमहासचिव योगेश भट्टराईलाई टिकट दिन ओलीले अस्वीकार नै गरेका छन् । त्यहाँबाट युवा संघका अध्यक्ष तथा केन्द्रिय सदस्य क्षितिज थेवेलाई उम्मेदवार बनाउने ओलीको तयारी छ ।
काठमाडौं क्षेत्र नम्बर ९ टुंग्याउन बाँकी छ । जहाँ सचिवमा प्रतिस्पर्धा गरेका कृष्णगोपाल श्रेष्ठको निर्वाचन क्षेत्र हो । ०७९ को निर्वाचनमा काठमाडौंका १० मध्ये एमालेले उक्त क्षेत्र मात्रै जितेको थियो । त्यस्तै नेता गोकुल बास्कोटालाई पनि टिकट नदिने ओलीको तयारी छ । इश्वर प्यानलबाट सचिव पदमा प्रतिस्पर्धा गरेका उनी काभ्रे–२ बाट २०७९ को चुनाव जितेका थिए । त्यस्तै, इश्वरको प्यानलबाट सचिव पदमा प्रतिस्पर्धा गरेका ठाकुर गैरेको निर्वाचन क्षेत्र पाल्पा क्षेत्र नम्बर २ उनीबाट खोस्दै उपाध्यक्ष विष्णु पौडेललाई उम्मेदवार बनाइकाएको छ । मोरङका विनोद ढकालको नाम पनि उमेदवारको सूचीमा समावेश छैन । उनी ११औँ महाधिवेशनमा पोखरेल प्यानलबाट सचिवमा उमेदवार बनेका थिए ।
त्यस्तै, महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेताहरू अरुण नेपाल, कर्ण थापा, पुरुषोत्तम पौडेल, विन्दा पाण्डे लगायतलाई चुनावी टिकटबाट बञ्चित गरिएको छ। शनिबार बेलुका बसेका एमालेको बैठकले अधिकांश क्षेत्रका उम्मेदवारहरुको टुंगो लगाएको थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया