१० मंसिर २०८२
काठमाडौं - केहि दिन यता जेनजीका नाममा केहि युवाहरु सडकमा मात्रै उफ्रिरहेका छैनन, प्रधानमन्त्री सुशिला कार्कीलाई ज्ञापन पत्र बुझाउने भन्दै सिंहदरबारमै बुर्कुसी मारिरहेका छन् । र, यसरी उफ्रिनेहरुको नेतृत्व गर्नेमध्ये एक हुन् यी विकेश शाह । टाउको कालो पट्टी बाँधेर प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा माग्दै आएका यीनले कमन जेनजी नामको संगठन बनाएका छन् । र, त्यसको नेतृत्व गरिरहेका छन् ।
तर, यीनको परिचय यतिमा मात्रै सिमित छैन् । यीनी पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहका छोरा समेत हुन्। यीनकी आमा रानीकुमारी साह रौतहटको मौलापुर नगरपालिकाकी मेयर हुन् । उनी २०७४ र २०७९ दुवैपटक मेयर निर्वाचित भएकी थिइन् ।
पूर्वमन्त्री र मेयरका छोरा यीनै विकेश शाह भदौ २४ गते जेनजीका नाममा संसद भवनदेखि पार्टी कार्यालयसम्म भएको आगजनीमा संलग्न भएको खुलेको छ । सिंहदबार क्षेत्रमा हुलहुज्जत गर्दै आएका यीनले जेन–जी आन्दोलनका क्रममा संसद भवन र एमाले केन्द्रीय कार्यालयमा आगजनी गर्नेमा पनि संलग्न रहेको भिडिओ प्रहरीले संकलन गरेको अपराध महाशाखाले जनाएको छ । त्यसो त उनैले पनि भदौ २४ गते आफ्नै फेसबुकमा संद भवन र एमालेको पार्टी कार्यालयमा अजगनी हुँदै गरेको भिडियो राखेका छन्।
संसद भवन अगाडी आफैले भिडियो खिच्दै चिच्याइरहेका उनले अलोकतान्त्रिक शासन धराशायी भन्ने क्यापसन लेखेर भिडियो पोस्ट गरेको छन् । जुन भिडियो हामी समाचार तयार पार्दासम्म हटाइएको छैन् । संसद् भवनपछि उनी एमालेको पार्टी कार्यालय तोडफोड र आगजनीमा संलग्न भएका थिए । जसको भिडियो पनि उनी आफैले भदौ २४ गते नै फेसबुकमा पोस्ट गरेका छन् ।
पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहका छोरा विकेश सिंहदरबार आगजनीमा पनि संलग्न भएको प्रहरीको आशंका छ । प्रहरीले उनका गतिविधिमाथि निगरानी गरिरहेको छ भने भदौ २४ को अगजनीमा उनको संलग्नतालाई लिएर अनुसन्धान सुरु गर्दैछ ।
भदौ २४ मा भएको हिंसात्मक घटनाहरूमा संलग्न रहेका प्रमाणसहित विकेशकाबारे सम्बन्धित निकायमा ब्रिफिङ गरिएको प्रहरी स्रोतले जनाएको छ । भदौ २४ को आगजनी र विध्वंसका बेला धेरै ठाउँमा विकेश पुगेको फोटो र भिडिओ प्रहरीले संकलन गरेको छ ।
काठमाडौं महानगरपालिकाले हटाएका कबाडीहरूको संगठनका व्यक्तिहरूलाई समेत उनले जेन–जी आन्दोलनका बेला आगजनी र लुटपाटमा संलग्न गराएको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन्। पूर्वमन्त्री प्रभु शाहले बारम्बार कवाडीको पक्षमा संसद्मा बोल्दै आएका थिए ।
तत्कालीन नेकपा माओवादीबाट पटकपटक सांसद र मन्त्री बनेका प्रभु साह नेकपा विभाजनपछि केही समय एमालेमा लागेर पुनः मन्त्री खाएका थिए । २०७९ को चुनावका बेला उनी एमाले छाडेर तत्कालीन सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदबार बनेर सांसद जितेका थिए । कानून, वन तथा वातावरण, सहरी विकास, भूमि व्यवस्था लगायतका मन्त्रालय सम्हालेका प्रभु साहका छोरा आफैँ नेपो किड्स रहेको भन्दै उनैले अहिले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेर सिंहदरबारमा हंगामा मच्चाइरहेको आरोप जेन–जी अगुवाहरूले पनि लगाएका छन् । प्रभु साहकी पत्नी रानीकुमारी साह रौतहटको मौलापुर नगरपालिकाकी मेयर हुन् ।
भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलन गरेका जेनजीहरुको आक्रोश नेपो बेविमाथि समेत थियो । विकेश आफै पनि एक जना नेपो बेबी हुन् । तर, जेनजीले जसको विरोध गरेका थिए, त्यहि आन्दोलनको लाभ उठाउन उनी सक्रिय भएको देखिन्छ । त्यसो त उनको विषयमा आम नागरिकले प्रश्न समेत उठाएका छन् ।
सेप्टेम्बर ११ मा विकेशले हालेको भिडियोमा कमेन्ट गर्दै त्रिभुवन ओझाले लेखेका छन्– बुवा प्रभु साह बारम्बार सांसद मन्त्री बनु भयो, आमा दुई कार्यकाल मेयर, उपसचिवको ठांउमा प्राविधिक राखि चरम भ्रष्टचार गरि रहेका हुन, शहर शहरमा आलिशान बिल्डिङ्ग कसरी भयो ? मौलापुरा बाहेक अरु ठाँउमा विकास किन प्रभु साह जि ले गर्नु भएन ? यसको जवाफ दिनु त ।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया